शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

नेपाली गौरव र एकता कायम राखौं : अध्यक्ष राणा

बुधबार, १२ जेठ २०७८, २२ : ५७
बुधबार, १२ जेठ २०७८

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपतिशमशेर राणाले सबै मिलेर आधुनिक नेपाल निर्माणको गौरव र एकता कायम राख्नु पर्ने बताएका छन् । बुद्ध जयन्ती, बाबा गोरखनाथ जयन्ती र उभौलीको अवसरमा शुभकामना सन्देश जारी गर्दै राणाले आफूलाई विधिभन्दा माथि राख्ने प्रवृत्तिले संविधान, लोकतन्त्र सङ्कटमा परेको जनाए ।
 
शान्तिका अग्रदूत बुद्धको शरणमा सम्राट अशोकले शान्ति, सौर्य प्राप्त गरेको दृष्टान्त प्रस्तुत गर्दै राणाले भनेका छन्, ‘कलिंगको युद्धबाट अशोकको मन परिवर्तन भए झैं बुद्ध जयन्ती, बाबा गोरखनाथ जयन्ती र उभौलीको अवसरमा अहम, आग्रह त्याग्ने, सबै नेपाली मिलेर आधुनिक नेपाल निर्माणको गौरव, एकता कायम गर्ने ज्ञान प्राप्त होस् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप