सुदूरपश्चिममा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु
सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा प्रदेशका विभिन्न अस्पतालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा कञ्चनपुर १, कैलाली १, बाजुरा २, डडेल्धुरा २ रहेको स्वास्थ्य निर्देशनालय राजपुर डोटीले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ९ सय २० मा एन्टिजेन परिक्षण गर्दा १ सय १ जनामा कोरोना पुष्टी भएको छ भने मृत्य १ रहेको छ । ६ सय ४४ मा पिसिआर परिक्षण गर्दा १ सय ९२ मा कोरोना पुष्टी भएको छ भने ८ जना को मृत्यु भएको सामाजिक बिकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले रातोपाटी लाई जानकारी दिए ।
प्रदेशमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय १२ पुगेको छ । ४५ हजार ४ सय ३७ को एन्टीजेन परीक्षण गर्दा ६ हजार ९ सय २७ मा कोरोना पोजेटिभ छ भने मृत्यु २ सय २४ छ । नेगेटिभ ३८ हजार ५ सय १० रहेको कार्कीले बताए । स्वास्थ्य निर्देशनालय डोटीका अनुसार १ लाख ८३ हजार ९ सय १ नमुनाको पिसिआर परीक्षण गर्दा ३३ हजार ३ सय २१ जना कोरोना पोजेटिभ पुष्टी भएका छन ।
२ सय ८८ जना कोरोना संक्रमणबाट मृत्यु भएको जनाइएको छ । नेगेटिभ १ लाख ५० हजार ५ सय ८० रहेको छ । परीक्षण नमुनामध्ये २ सय ४२ को नतिजा आउन बाँकी छ भने निको २६ हजार ८ सय १ रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण