दीप श्रेष्ठ अस्पतालबाट डिस्चार्ज
बिहीबार, २७ जेठ २०७८, १८ : ४३
गायक दीप श्रेष्ठ अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोना संक्रमण भएपछि शरीरमा अक्सिजनको मात्र कम देखिएको कारण ह्याम्स अस्पताल भर्ना भएका श्रेष्ठ १६ दिनपछि बिहीबार डिस्चार्ज भएका हुन् । श्रेष्ठ अस्पतालबाट डिस्चार्ज भएको गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ का निर्देशक लक्ष्मण पौडेलले जानकारी दिए । केही दिन घरमै आईसोलेसन बस्ने गरेर अस्पतालले श्रेष्ठलाई डिस्चार्ज गरेको पौडेलको भनाई रहेको छ ।
डिस्चार्ज अघि उनको पुनः कोरोना परीक्षण समेत गरिएको थियो । जसको रिपोर्ट भने आउन भने बाँकी रहेको छ । बरिष्ठ गायक श्रेष्ठ गायन ‘द भ्वाइस अफ नेपाल’ का जर्ज पनि हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने
-
सफा हिमाल अभियान : सेनाले दुई शव र आठ हजार किलो फोहर उठायो
-
स्वास्थ्य क्षेत्रको जनशक्ति व्यवस्थापनमा सरकारको उपेक्षा
-
गीत विवादमा प्रकाश दुतराज : विकृति–विसङ्गति केलाउन खोजेको हो
-
एमालेले भन्यो– कांग्रेसले मात्तिएर अलोकतान्त्रिक संसदीय अराजकता मच्चायो
-
सरकारले एक करोड ३० लाख युरो स्वीकार गर्ने