संकटमा परेका महिला उद्यमीलाई फर्काउन पुँजी र बजारको व्यवस्था गर्नुपर्छ : मन्त्री चौधरी
महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री चन्दा चौधरीले कोभिड–१९ का कारण संकटमा परेका महिला उद्यमीहरूलाई व्यवसायमा फर्काउन पुँजी र बजारको व्यवस्था गर्नुपर्नेमा जोड दिएकी छिन् । बिहीबार राजधानीमा नेपाल उद्योग परिसंघ अन्तर्गतको सिएनआई सिइओ फोरमद्वारा आयोजित ‘कोभिड–१९ को दोस्रो लहर विरुद्ध लड्न नेतृत्वको भूमिका’ विषयक भर्चुअल अन्तरक्रिया कार्यक्रममा मन्त्री चौधरीले यस्तो बताएकी हुन् ।
कार्यक्रममा मन्त्री चौधरीले कोभिड–१९ का कारण साना तथा मझौला, घरेलु उद्योगमा लागेका महिलाहरुलाई समस्यामा पारेको र त्यस्ता उद्यमीहरूलाई पुनः व्यवसायमा फर्काउन उचित वातावरणसहित सीपमुलक तालिम, पुँजी र बजारको समेत व्यवस्था गरिनुपर्ने बताइन् ।
‘अहिलेको अवस्थामा महिलाहरूलाई व्यवसायमा जोड्न सीपयुक्त तालिमका साथै व्यवसाय सुरु गर्न पुँजी र उत्पादित वस्तुको बजारसम्मको पहुँचका लागि सहयोग आवश्यक छ’ मन्त्री चौधरीले भनिन्, ‘त्यसका लागि सरकारले मात्र होइन निजी क्षेत्रको तर्फबाट समेत उचित पहल हुन आवश्यक छ ।’
सो अवसरमा मन्त्री चौधरीले मुलुकमा लोकतन्त्र, गणतन्त्रसँगै लैंगिक समानता तथा समावेशीता आए पनि अझै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक एवं अपांगता भएका व्यक्तिहरूको अधिकार स्थापित भइनसकेको बताइन् । थप पछिल्लो समय कोभिडको संक्रमण र सन्त्रास बढ्दै जाँदा महिला बालबालिका तथा जेष्ठ नागरिकहरूमा शारीरिक र मानसिक दुवै किसिमका दबाब बढ्न गएको उनको भनाई छ ।
परिसंघका उपाध्यक्ष एवं सिएनआई सिइओ फोरमका कोअर्डिनेटिङ उपाध्यक्ष निर्वाण चौधरीको अध्यक्षतामा सम्पन्न अन्तरक्रियामा कार्यक्रम सिएनआई सिइओ फोरमका कन्भेनर एवं नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल केशरी शाहले गरेका थिए भने अन्तरक्रियामा मन्त्री चौधरीसहित महिला विरुद्ध सबै स्वरूपका विभेद हटाउने सम्बन्धी राष्ट्रसंघीय समितिकी निर्वाचित सदस्य बन्दना राणा र युनाइटेड इन्स्योरेन्स कम्पनीकी प्रमुख कार्यकारी अधिकृत उपासना पौडेलको वक्ताको रूपमा सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारद्वारा राजनीतिक दलसम्बन्धी विधेयक फिर्ता
-
अब रगतबाटै क्यान्सरको परीक्षण
-
विपक्षी दलको बैठकमा सत्तापक्षका माधव नेपाललाई पनि निम्तो
-
१ लाख ४० हजारको उच्च रेकर्डबाट ओर्लियो सुनको भाउ
-
सभामुख संसदीय मर्यादामा नबसेको कांग्रेसको निष्कर्ष
-
दलमा लागेका शिक्षकमाथिको कारबाही विवरण १५ दिनभित्रमा पेस गर्न निर्देशन