दीपक मनाङेले दिए मन्त्री पदबाट राजीनामा
बिहीबार, २७ जेठ २०७८, ०८ : ३०
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सरकारले विश्वासको मत गुमाएपछि युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेले पदबाट राजीनामा दिएका छन् ।
उनले बिहीबारबाट लागू हुनेगरी मन्त्री पदबाट राजीनामा दिएका हुन् । उनी बिहीबार प्रदेशसभा बैठकमा समेत अनुपस्थित भएका थिए । मुख्यमन्त्री नै पदमुक्त भइसकेपछि आफूलाई मन्त्रीका रूपमा काम गर्न नैतिकताले नदिने भएकाले राजीनामा दिएको उनको भनाइ छ ।
उता, मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले भने मन्त्री मनाङेलाई पदमुक्त गरेका छन् । सो मन्त्रालय आफैं सम्हाल्ने जानकारीसहित मनाङेलाई पदमुक्त गरेको विषयमा उनले प्रदेश प्रमुखलाई पत्राचार गरेका हुन् ।
यो पनि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजीनामा नदिएको भए उपेन्द्र यादवलाई गलहत्त्याएर निकालिन्थ्यो : माधव नेपाल
-
बारामा स्वास्थ्य बीमा कार्यक्रम : अस्पतालमा औषधि छैन, डाक्टरको सेवा पनि पाइँदैन
-
तस्बिरमा हेर्नुहोस् एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक, तस्बिरहरू
-
नीति तथा कार्यक्रम मन्त्रिपरिषद्बाट पारित
-
पूर्वराजा शाह ललितपुर आउने
-
अनलाइनमार्फत ४७ लाख ठगेको आरोपमा युवती पक्राउ