दीपक मनाङेले दिए मन्त्री पदबाट राजीनामा
बिहीबार, २७ जेठ २०७८, ०८ : ३०
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सरकारले विश्वासको मत गुमाएपछि युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेले पदबाट राजीनामा दिएका छन् ।
उनले बिहीबारबाट लागू हुनेगरी मन्त्री पदबाट राजीनामा दिएका हुन् । उनी बिहीबार प्रदेशसभा बैठकमा समेत अनुपस्थित भएका थिए । मुख्यमन्त्री नै पदमुक्त भइसकेपछि आफूलाई मन्त्रीका रूपमा काम गर्न नैतिकताले नदिने भएकाले राजीनामा दिएको उनको भनाइ छ ।
उता, मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले भने मन्त्री मनाङेलाई पदमुक्त गरेका छन् । सो मन्त्रालय आफैं सम्हाल्ने जानकारीसहित मनाङेलाई पदमुक्त गरेको विषयमा उनले प्रदेश प्रमुखलाई पत्राचार गरेका हुन् ।

यो पनि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्यटक भिसामा काठमाडौँ आएर व्यापार गर्ने दुई चिनियाँ नागरिक पक्राउ
-
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन नगर्ने निर्णय सुशासन विरुद्ध: राष्ट्रिय जनमोर्चा
-
त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
-
संघीय सांसद बजेट माग्न प्रदेशमा
-
कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु
-
संसदीय भूमिका प्रभावकारी बनाउन नेकपाका सांसदलाई प्रशिक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण