ट्याङ्कर चालकहरूले हात उठाए– ‘माग पुरा नभएसम्म तेल उठाउँदैनौँ’
आइतबार, ३० जेठ २०७८, १३ : १९
पेट्रोलियम पदार्थ ढुवानी गर्दै आएका ट्याङ्कर चालकहरूले इन्धन नओसार्ने घोषणा गरेका छन् । नेपाल पेट्रोलियम ट्यांकर चालक संघले आइतबार नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेललाई पत्र लेख्दै हालको कोभिड–१९ को उच्च जोखिमलाई लिएर पेट्रोलियम पदार्थको ढुवानी गर्न नसक्ने बताएका हुन् ।
आज उप्रान्त जबसम्म खोपको व्यवस्था हुँदैन तबसम्म तेल नओसार्ने चालकहरूले पत्रमार्फत बताएका छन् । कोरोनाका कारण चालक, सहचालक तथा पम्प कर्मचारीको निधन भएको, सोबाट उनीहरूको धेरै परिवारका सदस्यको समेत निधन भएको र केही संक्रमितहरुको अहिले उपचारकै अवस्थामा रहेकाले यहि परिस्थितिमा थप जोखिम मोलेर तेल ओसार्न नसक्ने चालकहरूले बताएका छन् । उनीहरुले पत्रमार्फत छिटोभन्दा छिटो खोपको प्रबन्ध मिलाउन समेत निगमलाई माग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
-
तस्बिरमा हेर्नुहोस् त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण