सुशान्तसँगको यात्राबारे भिडियो पोस्ट गर्दै अंकिताले भनिन्, ‘फेरि भेटौंला’
बलिउड अभिनेता सुशान्त सिंह राजपूतकी पूर्व प्रेमिका अंकिता लोखन्डेले पहिलो पुण्यतिथिमा आफ्ना पूर्व प्रेमीलाई सम्झिएकी छिन् । अंकिताले आफ्नो इन्स्टाग्राम अकाउन्टमा सुशान्तसँगका आफ्ना फोटो राखेर एउटा भिडियो बनाएकी छिन् ।
सुशान्त अघिल्लो वर्ष आजकै दिन मुम्बईको बान्द्रास्थित उनको निवासमा मृत भेटिएका थिए । अंकिता र सुशान्त ६ वर्षभन्दा बढी सम्बन्धमा थिए र उनीहरु भारतीय टेलिभिजनका अत्यधिक रुचाइएका जोडीमध्येका एक हुन् । यी दुई पवित्र रिश्ताको सुटिङका क्रममा प्रेम सम्बन्धमा बाँधिएका थिए । तर सन् २०१६ मा उनीहरु आफू अलग्गिएको घोषणा गरे ।
यद्यपि, सुशान्तको मृत्युपश्चात् अंकिताले अभिनेताको परिवारलाई अत्यधिक समर्थिन गरिन् । सुशान्तको पहिलो पुण्यतीथिको अवसरमा अंकिताले अभिनेतासँगको सम्बन्धमा रहेका बेला खिचेका अनेकौं तस्बिर र सम्झनालाई एक भिडियोको रुप दिएकी छिन् ।
अंकिताले यो भिडियो पोस्ट गर्दा क्याप्सन लेखिन्, ‘१४ जून । यो हाम्रो यात्रा थियो । फिर मिलेंगे चल्ते चल्ते ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
रास्वपाले गठन गर्यो तीन आयोग
-
फेसबुकमै बोल्न डरमर्दो अवस्था : प्रविधिजन्य हिंसा नियन्त्रण गर्न राष्ट्रिय सभामा संकल्प प्रस्ताव दर्ता
-
डा. चेतना पौडेल जोडिएको रिट खारेज
-
भारतीय नीतिमा परिमार्जनसँगै नेपाली चिया निर्यात सहज, सुपारीको समस्या सल्टाउन पहल
-
संसदीय सुनुवाइ प्रणाली पुनरावलोकन गरौँ, ६ महिनामै राजदूत फर्काउने अभ्यास बन्द होस् : वर्षमान पुन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण