अभिनेता संचारी विजयको निधन
कन्नड अभिनेता संचारी विजयको निधन भएको छ । ३७ वर्षका विजयको सोमबार निधन भएको हो । विजय गत शनिबार बेंगलुरु नजिक सडक दुर्घटनामा परेका थिए । जसका कारण उनलाई निक्कै चोट लागेको थियो । उपचारको दौरानमा उनको निधन भएको भारतीय मिडियाले जनाएका छन् ।
विजयको उपचारमा सहभागी डाक्टरले उनको ब्रेन डेड भएको घोषणा गरेका छन् । परिवारले भने उनका अंगदान गर्ने निर्णय लिएको हो । विजयका भाइ सिद्धेशले भने– ‘विजयको दिमागले काम गर्न छोडेको थियो । त्यसैले हामीले उनको अंगदान गर्ने निर्णय लिएका छौ । विजय हमेसा समाजको सेवामा बिश्वास समेत राख्दथे ।’
विजयको शनिबार ११ :४५ बजे रोड एक्सिडेन्ट भएको थियो । उनी मोटरसाइकलको पछाडि बसेका थिए । सडक हिलो भएका कारण मोटरबाइक चिप्लिएको थियो । उनको टाउकोमा निक्कै ठुलो चोट लागेको छ । जसको कारण उनको तुरुन्त ब्रेन सर्जरी समेत गरिएको थियो ।
विजय लकडाउनमा मानिसको मद्दत गर्न अगाडि रहन्थे । विजयले २०१५ मा रिलिज फिल्म ‘नानु अवानल्ला आवलु’ बाट आफ्नो पहिचान बनाएका थिए । यो फिल्म अभिनयका कारण उनले राष्ट्रिय अवार्ड समेत प्राप्त गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
रास्वपाले गठन गर्यो तीन आयोग
-
फेसबुकमै बोल्न डरमर्दो अवस्था : प्रविधिजन्य हिंसा नियन्त्रण गर्न राष्ट्रिय सभामा संकल्प प्रस्ताव दर्ता
-
डा. चेतना पौडेल जोडिएको रिट खारेज
-
भारतीय नीतिमा परिमार्जनसँगै नेपाली चिया निर्यात सहज, सुपारीको समस्या सल्टाउन पहल
-
संसदीय सुनुवाइ प्रणाली पुनरावलोकन गरौँ, ६ महिनामै राजदूत फर्काउने अभ्यास बन्द होस् : वर्षमान पुन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण