पाँचतारे होटलमा ड्रग्स पार्टी गरिरहेकी थिइन् बलिउड अभिनेत्री, पक्राउ
भारतको मायानगरी भनिने मुम्बईमा एक बलिउड अभिनेत्रीले आफ्नो जन्मदिनमा ड्रग्स पार्टीको आयोजना गर्नु भारी परेको छ । पार्टी उत्कर्षमा पुगेका बेला प्रहरीलाई कसैले गोप्य तरिकाले यसबारे जानकारी दिएपछि प्रहरीको समूहले यसैको आधारमा अबेर रात होटलमा छापा मार्यो । प्रहरीको छापामा अभिनेत्री र उनका साथीलाई पक्राउ गरेको छ । अभिनेत्रीको पहिचान नाइरा नेहल शाहको रुपमा भएको छ ।
घटना मुम्बईको सान्ताक्रुज प्रहरी थाना इलाकाको हो । जहाँ एक पाँचतारे होटलमा बलिउड अभिनेत्री नेहल शाह आफ्नो जन्मदिन मनाइरहेकी थिइन् । उनी ड्रग्ससहित पार्टी गरिरहेकी थिइन् । प्रहरीले आइतबार–सोमबारको राती होटलमा छापा मारेर यसबारे खुलासा गरेको हो ।
भारतीय सञ्चार माध्यमका अनुसार एक प्रहरी अधिकारीले दिएको जानकारी अनुसार अघिल्लो रात करिब ३ बजे एक पाँचतारे होटलमा छापा मारिएको थियो । त्यहाँ बलिउडमा साना भूमिका निभाउने अभिनेत्री र उनका साथीहरुलाई ड्रग्स सेवन गर्दै गरेको अवस्थामा रंगेहात पक्राउ गरिएको छ । सान्ताक्रुज प्रहरीले यसका लागि मुद्दा दर्ता गरेको छ ।
प्रहरीका अनुसार अभिनेत्री नेहल शाह होटलको एउटा रुममा चरेसको प्रयोग पनि गरिरहेका थिए । प्रहरीले तत्काल पार्टीमा उपस्थित अभिनेत्री नेहल र उनका साथी आशिक हुसैनलाई पक्राउ गरियो । दुबैले त्यहाँ चरेसको प्रयोग गरिरहेका थिए ।
सोमबार यी दुईलाई सान्ताक्रुज प्रहरीले दुबैलाई अदालतमा पेश गराए । त्यहाँ अदालतले दुबैलाई जमानतमा रिहा गरिदिएको छ । प्रहरीले घटनाबारे छानबिन गरिरहेको छ । नाइरा नेहल शाहले दुईवटा तेलुगु फिल्ममा पनि काम गरिसकेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
रास्वपाले गठन गर्यो तीन आयोग
-
फेसबुकमै बोल्न डरमर्दो अवस्था : प्रविधिजन्य हिंसा नियन्त्रण गर्न राष्ट्रिय सभामा संकल्प प्रस्ताव दर्ता
-
डा. चेतना पौडेल जोडिएको रिट खारेज
-
भारतीय नीतिमा परिमार्जनसँगै नेपाली चिया निर्यात सहज, सुपारीको समस्या सल्टाउन पहल
-
संसदीय सुनुवाइ प्रणाली पुनरावलोकन गरौँ, ६ महिनामै राजदूत फर्काउने अभ्यास बन्द होस् : वर्षमान पुन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण