सलमानका फिल्म अस्वीकार गरेका बलिउड अभिनेत्री
बलिउड उद्योगका लोकप्रिय अभिनेता सलमान खानसँग फिल्म खेल्न नचाहाने अभिनेत्री सायदै कोही होला । उनीसँग एउटा फिल्म खेलेर चर्चित हुन चाहाने अभिनेत्रीहरुको संख्या निकै ठूलो छ । सलमानका थुप्रै सुपटहिट फिल्म छन् । युवापुस्ता र मध्यम उमेरका हर दर्शकका लागि लोकप्रिय सलमानका केही प्रस्ताव अस्वीकार गर्ने अभिनेत्री पनि बलिउडमा छन् । सलमानले फिल्म खेल्न प्रस्ताव गरे पनि उनीहरुले सलमानसँग फिल्म खेल्न मानेनन् ।
ऐश्वर्या राय बच्चन
अभिनेत्री ऐश्वर्या र सलमानले एकसाथ फिल्ममा काम गरेका छन् । तर, फिल्म खेल्दा खेल्दै सलमान र रायबीच प्रेम पलायो । प्रेमसम्बन्धमा खटपट आएपछि सलमानसँग ऐश्वर्याले फिल्म खेल्न मानिनन् । सलमानले उनलाई धेरै पटक फिल्म अफर गरेका थिए ।
दीपिका पादुकोण
दीपिकाले अभिताभ बच्चन, शाहरुख खान, सैफ अली खान, रणवीर कपूर जस्ता अभिनेतासँग फिल्म खेलेकी छन् । तर, उनले सलमानसँग फिल्म खेलिनन् । सलमानसँग फिल्म खेल्न दीपिकालाई धेरैपटक अफर गरिएको थियो तर उनले सलमानसँग कहिल्यै फिल्म खेलिनन् ।
उर्मिला मातोन्डकर
उर्मिलाले सलमानसँग “जानम समझा करो” मा एकसाथ काम गरिन् । तर त्यसपछि उनले सलमानसँग काम गर्न कहिल्यै राजी भइनन् ।
सोनाली बेन्द्रे
सोनाली र सलमानले ब्लकबस्टर फिल्म “हम साथ साथ है” मा देखिएका थिए । तर सोनालीले त्यसपछि कहिल्यै सलमानसँग काम गरिनन् ।
ट्विंकल खन्ना
सलमान र खन्नाले एकसाथ “जब प्यार किसी से होता है” मा एकसाथ काम गरेका थिए । तर, त्यसपछि सलमानसँग खन्नाले कहिल्यै काम गरिनन् ।
कंगना रनौत
कंगना रनौतले सलमानसँग फिल्म खेल्न धेरै पटक अस्वीकार गरिन् । कंगनाले ब्लकबस्टर फिल्म “सुल्तान” मा काम गर्न पनि अस्वीकार गरेकी थिइन् । कंगनालाई उक्त फिल्म खेल्न अफर गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
रास्वपाले गठन गर्यो तीन आयोग
-
फेसबुकमै बोल्न डरमर्दो अवस्था : प्रविधिजन्य हिंसा नियन्त्रण गर्न राष्ट्रिय सभामा संकल्प प्रस्ताव दर्ता
-
डा. चेतना पौडेल जोडिएको रिट खारेज
-
भारतीय नीतिमा परिमार्जनसँगै नेपाली चिया निर्यात सहज, सुपारीको समस्या सल्टाउन पहल
-
संसदीय सुनुवाइ प्रणाली पुनरावलोकन गरौँ, ६ महिनामै राजदूत फर्काउने अभ्यास बन्द होस् : वर्षमान पुन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण