रणवीर कपुरदेखि हिना खानसम्म, जसले गुमाए कोराना चपेटोको समय बुबा,
मुम्बई । कोरोना हरेकका लागि दुःख बनेर भित्रिएको छ । भारतीय फिल्म तथा टेलिभिजन स्टार पनि यसबाट अछुत रहन सकेनन् । आज ‘फादर्स डे’ हो । सोही अवसर पारेर कोरोनाकालमा बुबा गुमाएका केही सेलिब्रेटीको यहाँ चर्चा गर्न खोजिएको छ ।

बाबिल खान : नेटफ्लिक्सको फिल्म ‘काल’से अभिनयमा डेब्यु गरेका अभिनेता बाबिल खानका बुबा अभिनेता इरफान खानको २८ अप्रिल २०२०मा निधन भएको थियो । उनी क्यान्सरको साथसाथै कोरोना इन्फेक्शनका कारणले ५४ बर्षको उमेरमा यो संसारबाट बिदा भएका थिए ।

रणवीर कपुर : ३० अप्रिल २०२०मा रणवीर कपुरका बुबा तथा दिग्गद अभिनेता ऋषि कपुरको निधन भएको थियो । उनको निधन ब्लड क्यान्सरका कारण भएको थियो । कोरोनाको कहरको समय भएकोले उनको अन्तिम संस्कारमा थोरै मानिस मात्र सहभागी थिए ।

गौहर खान: बलिउड अभिनेत्री गौहर खानका बुबा जफर अहमत खानको निधन ५ मार्च २०२१मा भएको थियो । उनी लामो समयदेखि बिमारी रहेका थिए ।

हिना खान : अभिनेत्री हिना खानका बुबा असलम खानको २० अप्रिल २०२१ मा निधन भएको थियो । उनको निधन कार्डियक अरेस्टका कारणले भएको थियो ।

बाबा सहगल : पंजाबी तथा बलिउड र्यापर बाबा सहगलका बुबाको निधन पनि कोरोनाको कारण १३ अप्रिल २०२१मा भएको थियो ।

राजेश खट्टर : बलिउड अभिनेता तथा इशान खट्टरका बुबा राजेश खट्टरको निधन कोरोना संक्रमणको करण १८ अप्रिल २०२१मा भएको थियो ।

संभावना सेठ : टिभी अभिनेत्री संभावना सेठका बुबा एसके सेठको निधन पनि कोरोना कहरको समय भएको थियो । उनले ८ मे २०२१ मा अन्तिम सास लिएका थिए ।

गौरव चोपडा : टेलिभिजन अभिनेता गौरव चोपडाका बुबा स्वतन्त्र चोपडाको गत बर्षको २९ अगाष्टमा भएको थियो । बुबा अगाडि गौरवको आमाको पनि निधन भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
रास्वपाले गठन गर्यो तीन आयोग
-
फेसबुकमै बोल्न डरमर्दो अवस्था : प्रविधिजन्य हिंसा नियन्त्रण गर्न राष्ट्रिय सभामा संकल्प प्रस्ताव दर्ता
-
डा. चेतना पौडेल जोडिएको रिट खारेज
-
भारतीय नीतिमा परिमार्जनसँगै नेपाली चिया निर्यात सहज, सुपारीको समस्या सल्टाउन पहल
-
संसदीय सुनुवाइ प्रणाली पुनरावलोकन गरौँ, ६ महिनामै राजदूत फर्काउने अभ्यास बन्द होस् : वर्षमान पुन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण