बलिउड सेलिब्रेटी : जो पूर्व प्रेमिप्रेमिकाका कारण विवादित बने
बलिउड अभिनेत्री शिल्पा शेट्टी आफ्नो वैवाहिक जीवनमा खुसी छिन् । उनी व्यवसायी राज कुन्द्रासँग विवाह गरेपछि राजकी पहिलो श्रीमतीका कारण निकै चर्चामा आइन् । राजकी श्रीमतीले शिल्पाका कारण उनीहरुको सम्बन्धविच्छेद भएको समेत आरोप लगाएकी थिइन् । राजले शिल्पाको सहायता समेत गरे । राजकी पत्नी कविताले शिल्पामाथि आफ्नो घर तोडेर घर बसाएको समेत आरोप लगाएकी छन् । तर, अन्य केही बलिउडका केही सेलिब्रेटी छन्, जो आफ्ना पूर्व प्रेमिप्रेमिकाका कारण चर्चामा आइरहन्छन् ।
श्वेता तिवारी र अभिनव कोहली
सन् २०१२ मा पहिलो पति राजा चौधरीसँग सम्बन्धविच्छेद भएपछि अभिनेत्री श्वेता तिवारीले अभिनव कोहलीसँग सन् २०१३ मा विवाह गरिन् । तर, विवाहको केही समयमा नै उनीहरुबीच मतभेद सुरु भयो । उनले सन् २०१९ मा पतिविरुद्ध घरेलु हिंसा गरेको भन्दै उजुरी दर्ता गरिन् । उनीहरुबीच अझै पनि अदालतमा केस चलिरहेको छ ।
ऐश्वर्या राय र सलमान खान
ऐश्वर्या र सलमान खानको प्रेम सन् १९९९ मा “हम दिल दे चुके सनम” बाट सुरु भएको छ । सलमान खानसँग सम्बन्धमा रहेको विषयमा आजसम्म पनि उत्तिकै चर्चा हुने गर्छ । तर, सलमानको व्यवहारका कारण उनीहरुको ब्रेकअप भयो । सम्बन्ध सकिएपछि पनि सलमानले ऐश्वर्यालाई दुख दिन छोडेनन् । सलमानका कारण ऐश्वर्याले लामो समयसम्म विवाद झेलिरहिन् ।
कंगना रनौत र अध्ययन सुमन
विवादास्पद अभिव्यक्तिका कारण चर्चामा आइरहने कंगना रनौत कुनै समय अध्ययन सुमनसँग सम्बन्धमा थिइन् । तर, केही वर्षको सम्बन्धपछि उनीहरुको ब्रेकअप भयो । तर ब्रेकअपपछि अध्ययनले कंगनाविरुद्ध निकै गम्भीर आरोप लगाए । अध्ययनले करियरको सुरुवातमा उनलाई कंगनाले प्रयोग गरेको बताए । उनका कारण कंगना निकै विवादमा आइन् ।
प्रीति जिन्टा र नेस वाडिया
पाँच वर्षसम्म सम्बन्धमा रहेर प्रीति सन् २००९ मा वाडियासँग अलग भइन् । सम्बन्धमा नभए पनि प्रीति र वाडिया आईपीएलको किंग्स इलेवन पञ्जाव टीमको ओनर रहे । तर, सन् २०१४ मा दुवै विवादमा आए । वाडियाले आफूमाथि हिंसा गरेको भन्दै प्रीतिले प्रहरीमा उजुरी दिइन् । वाडियाले प्रीतिलाई धम्की समेत दिए ।
ऋतिक रोशन र कंगना रनौत
ऋतिक र कंगनाको प्रेम र ब्रेकअपले निकै चर्चा पायो । उनीहरुको विवाद अझै पनि उस्तै छ । कंगना र ऋतिक एक अर्कासँग सम्बन्धमा थिए । तर, सम्बन्ध सकिएपछि उनीहरुबीच निकै विवादको स्थिती सिर्जना भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
रास्वपाले गठन गर्यो तीन आयोग
-
फेसबुकमै बोल्न डरमर्दो अवस्था : प्रविधिजन्य हिंसा नियन्त्रण गर्न राष्ट्रिय सभामा संकल्प प्रस्ताव दर्ता
-
डा. चेतना पौडेल जोडिएको रिट खारेज
-
भारतीय नीतिमा परिमार्जनसँगै नेपाली चिया निर्यात सहज, सुपारीको समस्या सल्टाउन पहल
-
संसदीय सुनुवाइ प्रणाली पुनरावलोकन गरौँ, ६ महिनामै राजदूत फर्काउने अभ्यास बन्द होस् : वर्षमान पुन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण