अमेरिकामा नेपालीले देउसी-भैलो खेल्दै यसरी मनाए भाईटिका (तस्बिरसहित)
अमेरिकाका विभिन्न राज्यमा बसोबास गर्ने नेपाली समुदायले २०७४ सालको तिहारको पाँचौ एवम अन्तिम दिन भाईटिका मनाएका छन् । अमेरिकामा अब दुई पुस्ते र तीन पुस्ते परिवार पनि भेला हुने भएकोले नेपाल जस्तै गरि भाईटीका मनाएका छन् ।
आज अन्तिम दिन शनिबार दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई यश, ऐश्वर्य र दीर्घायुको कामना गर्दै आ आफ्नो परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर यस बर्षको तिहारलाई बिदा गरेका छन् ।



यस पटक भाईटीका शनिबार बिदा भएको र मध्यान्ह ११ बजेर ५५ मिनेटको साइत देखि रातिको समय सम्म दिनभर भाइटीका लगाएका छन् ।



अमेरिकामा जन्मेका बालबालिका, पहिलो पुस्ता, बिद्यार्थी, कलाकार, साहित्यकार, पत्रकार, पर्यटक ,ब्यबसायी तथा विभिन्न पेसाका नेपाली समुदायले काग तिहार, कुकुर तिहारको साथै भाईटीका समेत मनाएका छन् ।



तिहारका लागि नेपालमा पाइने सबै सामग्रीहरु नेपाली पसल तथा भारतीय पसलमा समेत उपलब्ध हुनाले दिदीबहिनीले लक्ष्मी पूजा गरेको दियो, कलश र गणेशसहित मार्कण्डेय अन्य बिधि अनुसार पूजाआजा गरी तेलको धाराले दाजुभाइलाई घेरेर ढोकामा ओखर राखी टीका लगाएर ओखर समेत फुटाई परम्पराअनुसार भाईटीका मनाएका छन् ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण