बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

एनआरएन जापानमा अनियमितताको विवाद

बुधबार, ०९ असार २०७८, १२ : ३३
बुधबार, ०९ असार २०७८

गैह्र आवासीय नेपाली संघ (एनआरएनए), जापानमा आर्थिक अनियमितताको विवाद देखिएको छ । सो कमिटीका अध्यक्ष देवीलाल भण्डारीलाई जोडेर भ्रष्टाचारको आरोप लागेपछि उनका पक्ष–विपक्षमा कार्यसमितिका सदस्य आरोप प्रत्यारोपमा उत्रिएका छन ।

कमिटीमा मृतकको परिवारबाट लिएको बीमा वापतको रु एघार लाख अनियमितता भएको विवाद छ । विवाद तत्काल समाधान नभएपछि छानबिनका लागि अन्तर्राष्ट्रिय समितिमा लिखित आग्रह गरिएको छ । यो विवादले राजनीतिक रुप लिने समेत देखिएको छ ।

एनआरएनए, जापानभित्र भ्रष्टाचारको आरोप यसअघि सन २०१७ मा पनि लागेको थियो । त्यसबेला बनाइएको छानबिनका समितिले भ्रष्टाचार भएको ठहर गरेको थियो ।  एनआरएनए, जापानका वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष र सचिवसहित बहुमत कार्यसमिति सदस्यले अध्यक्ष भण्डारीमाथि आर्थिक अनियमितताको आरोप लगाउँदै राजीनामा नदिए निलम्बन गर्ने तयारी गरेका छन । अध्यक्ष भण्डारीले भने उक्त आरोप केवल आरोप मात्रै भएकाले आफूले अनियमितता नगरेको जिकिर गरे । यो विवादले समयमा अधिवेशन नहुने आशंका पैदा भएको छ ।

क्षेत्रीय कमिटीहरु र एक हजारभन्दा बढी सदस्य रहेको क्षेत्रीय कमिटीको निर्वाचन भइरहेको छ । यही जुन महिनाभित्र १२ वटै क्षेत्रीय कमिटीको अधिवेशन सहित नयाँ नेतृत्व चयन प्रक्रिया सकाउन  एनआरएनए जापानले निर्देशन दिएपछि उक्त प्रक्रिया शुरु भएको हो ।

हालसम्म नागोया, क्युुसो, चिबा, तोचिगि, कान्तो, ओकिनवा, कान्साई, नागानौसहितका  क्षेत्रीय कमिटीका अधिवेशन सकिएको छ । नागोया क्षेत्रीय कमिटीले भने आफनो अधिवेशन सकाएका भएपनि नयाँ नेतृत्व चयन प्रक्रियामा विवाद देखिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप