गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु
गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालमा उपचाररत ११ जनाको मृत्यु भएको हो । गण्डकी प्रदेशका विभिन्न जिल्लामा ११ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको प्रदेश स्वास्थ्य आपतकालिन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए ।
उनका अनुसार कास्कीमा ८, स्याङजा २, र तनहुँमा १ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । मृत्यु भएका मध्ये कास्कीका ७ जना महिला र १ जना पुरुष रहेका छन् । पोखरा –१३ का ४९ वर्षका पुरुष, पोखरा– २६ की ५९ वर्षकी महिला, पोखरा –१३ की ६७ वर्षकी महिला, पोखरा –११ की ६७ वर्षकी महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो ।
यसैगरी पोखरा–१६ की ६५ वर्षकी महिला, पोखरा–८ की ७९ वर्षकी महिलाको उपचारको क्रममा फिस्टेल अस्पतालमा मृत्यु भएको छ । उनका अनुसार पोखरा–५ की ४० वर्षकी महिलाको गण्डकी मेडिकल कलेजमा मृत्यु भएको हो ।
यसैगरी तनहुँको भिमाद –५ की ७८ वर्षकी महिलाको पनि गण्डकी मेडिकल कलेजमै मृत्यु भएको हो । यस्तै, स्याङ्जा वालिङ–१ का ६७ वर्षकी महिला र पुतलीबजार–३ की ६३ वर्षकी महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको संयोजक शर्माले बताए । योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९३४ पुगेको छ ।
त्यसैगरी गण्डकी प्रदेशमा थप ३३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ३४१ जनाको नमूना परीक्षण गरिएकामा ३३० जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये १७७ पुरुष र १४४ जना महिला रहेको प्रदेश स्वाथ्य निर्देशनालय गण्डकीले जनाएको छ ।\
निर्देशनालयका अनुसार नयाँ संक्रमितहरुमा कास्कीका ६७, म्याग्दीका ३५, पर्वत २२,लमजुङ १,गोरखा ५३, तनहुँ ४८, बाग्लुङ ६१, स्याङ्जाका ३९ र नवलपुरका ११ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५४ हजार ६१० पुगेको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा ३८० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेहरुको संख्या ५० हजार ९८७ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण