मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

मुख्यमन्त्री राउतद्वारा हरित प्रदेश अभियान शुभारम्भ : साढे १४ लाख बिरुवा रोपिँदै

सोमबार, १४ असार २०७८, १९ : ३८
सोमबार, १४ असार २०७८

मुख्यमन्त्री लालबाबु राउतले प्रदेश हरित अभियान-२०७८ को आज एक समारोहबीच शुभारम्भ गरेका छन् । डिभिजन वन कार्यालय धनुषाले मिथिला नगरपालिका- ४ पुष्पलपुरमा आयोजना गरेको कार्यक्रममा उनले बरपिपलको बिरुवा रोपेर अभियानको शुभारम्भ गरेका हुन् । मुख्यमन्त्री राउतले अभियानको शुभारम्भ गरेलगत्तै प्रदेशको आठै जिल्लामा एक साथ वृक्षारोपणको शुरुवात भएको छ ।

राष्ट्रिय वृक्षारोपण दिवसको अवसर पारेर शुभारम्भ गरिएको सात दिवसीय अभियानअन्तर्गत आठ वटै जिल्लाको कूल ११ सय ३५ हेक्टर जग्गामा १४ लाख ४६ हजार ७ सय ९६ बिरुवा रोप्ने कार्यक्रम रहेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव डा. रामचन्द्र कँडेलले जानकारी दिए । अभियानको शुभारम्भका लागि आठवटै जिल्लामा प्रदेश सरकारका मन्त्री एवं राज्यमन्त्रीहरू पुगेका छन् ।

सप्तरीमा समाजिक विकासमन्त्री नवलकिशोर साह, सिरहामा अर्थमन्त्री विजयकुमार यादव, महोत्तरीमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश राय र आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री सरोज सिंह कुशवाहा, सर्लाहीमा उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रामनरेश राय र महिला, बालबालिका तथा खेलकुदमन्त्री वीरेन्द्रकुमार सिंह, रौतहटमा भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादव, बारामा अर्थ राज्यमन्त्री उषाकुमारी यादव तथा पर्सामा उर्जा तथा खानेपानी मन्त्री ओमप्रकाश शर्माले अभियानको शुभारम्भ गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप