अमेरिका नेपाल सोसाइटीको नव निर्वाचित पदाधिकारीको सपथ तथा पद हस्तान्तरण
उत्तर अमेरिकाकै नेपाली समुदायको जेष्ठ मुनाफा रहित सामाजिक संस्था अमेरिका नेपाल सोसाइटी डिसीको नव निर्वाचित पदाधिकारीहरुको सपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
अक्टोबर २२ मा डिसी क्षेत्रको भर्जिनियाको फल्स चर्चस्थित एक पुस्तकालयमा औपचारिक सपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रम विधिवत रुपमा सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त ठाकुर पुडासैनी (बिद्या वारिधि), निर्वाचन आयुक्त माधवी बस्नेत कार्की तथा निर्वाचन आयुक्त इन्द्र श्रेष्ठ तथा उपस्थित समुदायको बीच सबै उम्मेदवारले सपथ ग्रहण लिएका थिए ।
प्रमुख निर्वाचन आयुक्त डा. पुडासैनीले चुनाव राम्रो संग सम्पन्न भएकोमा सबैलाई धन्यवाद दिए ।
निर्वाचित अध्यक्ष प्रभा भट्टराई देउजा, प्रथम उपाध्यक्ष प्रा. बिष्णु घिमिरे, द्वितीय उपाध्यक्ष कृष्ण अधिकारी, महासचिव सुदिप पोख्रेल, कोषाध्यक्ष शुभ शाक्य संचार संयोजकमा निलु उप्रेतीले पदको सपथ ग्रहण लिएका थिए भने सचिब अन्जना बुढाथोकी सापकोटा उपस्थित थिइनन् ।
महासचिव प्रेम पौडेलले प्रतिबेदन, संस्थाको ऐतिहासिक पृष्ठभुमि र आफ्नो कार्यकालमा भएका कामको बारेमा प्रकाश पारेका थिए । कोषाध्यक्ष यसोदा भण्डारीले पनि कोषाध्यक्षको प्रतिबेदन प्रस्तुत गरेकी थिईन् ।
कार्यक्रमको अध्यक्षता गरेका जीवन तिवारीले नयाँ समितिलाई शुभकामना दिए ।
एएनएका अध्यक्ष मेदिनी अधिकारीले अमेरिकन सरकारबाट फाईदा लिनुपर्नेमा जोड दिइन् ।
नव निर्वाचित अध्यक्ष प्रभा भट्टराई देउजाले धन्यवाद ज्ञापन गर्दै आफुले सबैको सहयोग लिएर अमेरिकन पद्धति अनुसार काम गर्ने बताइन ।
प्रथम उपाध्यक्ष प्रा बिष्णु घिमिरे, द्वितीय उपाध्यक्ष कृष्ण अधिकारी, महासचिव सुदिप पोख्रेल ,कोषाध्यक्ष शुभ शाक्य संचार संयोजक निलु उप्रेतीले पनि आफ्नो मन्तव्य राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’
-
धुञ्चे गोसाइँकुण्ड केबुलकार निर्माण गर्नुपर्छ : ओली
-
राप्ती नदीमा डुबेर युवतीको मृत्यु
-
संघीय सांसद श्रेष्ठद्वारा बाराका आगलागी पीडितलाई राहत सामग्री प्रदान
-
गुल्मीमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु, एक जना घाइते
-
डीभीको रिजल्ट आयो, कसरी हेर्ने नतिजा ?