निषेधाज्ञा उल्लंघन गर्ने १ हजार ५ सय बढी सवारी साधन नियन्त्रणमा
विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा उल्लंघन गरेको आरोपमा १ हजार बढी सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मंगलबार निषेधाज्ञा उल्लंघन गरेको आरोपमा प्रहरीले १ हजार ५ सय ८९ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको हो । तीमध्ये ५ सय ६४ वटा गाडी र १ हजार २५ वटा मोटरसाइकल रहेका छन् । नियन्त्रणमा लिएका सवारी साधनलाई आवश्यक सोधपुछ पश्चात छोडिने गरिएको छ ।
साथै कोभिड–१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा सञ्चालित ‘तपाईंको मास्क खोइ ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ३ सय ८८ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ । सोही कार्यक्रम अन्तर्गत हालसम्म जम्मा ४ लाख ६० हजार ३ सय ९७ जनालाई निःशुल्क मास्क वितरण गरिएको प्रहरीले जनाएको छ ।
त्यस्तै निषेधाज्ञा उल्लंघन गर्ने ८२ जनालाई कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम जम्मा ८ हजार २ सय रुपैयाँ जरिवाना गरिएको प्रहरीले जनाएको छ । सो क्रममा २ हजार ६२ जनालाई रोकी सम्झाई बुझाई छाडिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण