निषेधाज्ञा उल्लंघन गर्ने १ हजार ५ सय बढी सवारी साधन नियन्त्रणमा

विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा उल्लंघन गरेको आरोपमा १ हजार बढी सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मंगलबार निषेधाज्ञा उल्लंघन गरेको आरोपमा प्रहरीले १ हजार ५ सय ८९ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको हो । तीमध्ये ५ सय ६४ वटा गाडी र १ हजार २५ वटा मोटरसाइकल रहेका छन् । नियन्त्रणमा लिएका सवारी साधनलाई आवश्यक सोधपुछ पश्चात छोडिने गरिएको छ ।
साथै कोभिड–१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा सञ्चालित ‘तपाईंको मास्क खोइ ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ३ सय ८८ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ । सोही कार्यक्रम अन्तर्गत हालसम्म जम्मा ४ लाख ६० हजार ३ सय ९७ जनालाई निःशुल्क मास्क वितरण गरिएको प्रहरीले जनाएको छ ।
त्यस्तै निषेधाज्ञा उल्लंघन गर्ने ८२ जनालाई कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम जम्मा ८ हजार २ सय रुपैयाँ जरिवाना गरिएको प्रहरीले जनाएको छ । सो क्रममा २ हजार ६२ जनालाई रोकी सम्झाई बुझाई छाडिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री र उत्तराखण्डका मन्त्रीबिच भेटवार्ता
-
भारतले निर्माण गरिरहेको तटबन्ध रोक्न एमालेले गर्यो सरकारलाई आग्रह
-
१० बजे, १० समाचार : तीन दलको बार्गेनिङदेखि एनआरएनएको एकता महाधिवेशनसम्म
-
पश्चिमबाट पूर्वतर्फ सर्दै बादल, ठाउँ ठाउँमा वर्षा
-
शाक्यको ‘करूणा’ माथि धुलिखेलमा विमर्श
-
कोहलीको रेकर्ड, सेफर्डको विस्फोटक ब्याटिङ : चेन्नईसामु विशाल लक्ष्य