चार लाख बढीको ट्र्याक सूट, ४० हजारको क्याप : भाइरल छ रणवीरको नयाँ लुक
बलिउड अभिनेता रणवीर सिंहलाई उनको स्टाइलका लागि चिनिन्छ । रणबीर सिंहले हालै एउटा फोटोसुट गराएका छन् जुन देखेपछि प्रशंसक र सोसल मिडिया प्रयोगकर्ताबीच राम्रै चर्चा सुरु भएको छ ।
यो फोटोसुटमा रणबीर सिंह गुची ब्रान्डको ट्र्याक सुट लगाइरहेको देखिएका छन् । यो निलो रङको ट्र्याक सुटमा रणबीर सिंह निकै भिन्न देखिएका छन् । यस्तै कति मानिसहरुले उनको तुलना हलिउड अभिनेता जेरेड लेटोसँग पनि गरिरहेका छन् ।
रणवीर सिंहले लगाएको यो ट्र्याकको मूल्य कति होला भनेर धेरैले सोचिरहेका होलान् तर रणवीरको गेटअप हेरेर जति तपाईंको होस् उडेको छ यसको मूल्य सुन्दा तपाईंको दोब्बर होस् उड्नेछ ।
गुचीको वेबसाइटका अनुसार रणवीर सिंहको जगिङ पाइन्टको मूल्य १,९८० डलर अर्थात्, २ लाख ३६ हजार रुपैयाँ हो । यस्तै उनको साइनी जर्सी स्वेटशर्टको मूल्य १६५० डलर अर्थात् १ लाख ९६ हजार रुपैयाँ हो ।
यो दुईवटा गरी यो ट्र्याक सुटको कूल मूल्य ४ लाख रुपैयाँ बढी हो । रणवीर सिंहको स्टाइल जति युनिक छ, त्यति नै महँगो पनि छ । यो ट्र्याक सुटमा रणवीर सिंहको तस्बिर अत्यधिक भाइरल भइरहेको छ ।
ट्र्याक सुटबाहेक रणबीर सिंहले फेडोरा क्याप लगाएको देखिएका थिए । यो क्यापको मूल्यको कुरा गर्ने हो भने यो ५३० डलरको हो । नेपालीहरुले यो क्याप किन्न चाहेको खण्डमा यो ६३ हजार बढी पर्छ ।
रणवीर सिंहको यो स्टाइल उनका थुप्रै प्रशंसकलाई मन परिरहेको छ । यद्यपि, उनी सोसल मिडियामा ट्रोल पनि भएका छन् । यसबाहेक उनीमाथि निकै रोचक मीम्स पनि बनेका छन् । रणवीर सिंह आफ्नो आलोचना पनि निकै सकारात्मक तरिकाले लिँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको १०५ औँ वर्षगाँठ: नयाँ युगका चुनौती सामना गर्न सीको आह्वान
-
अर्को हप्ता औषधि परामर्श परिषद्को बैठक बस्ने तयारी
-
१३१ दिनपछि यसरी गरिँदैछ अयातोल्लाह अली खामेनेईको अन्त्येष्टि
-
४ निकाय सचिवविहीन, ६ सचिव जगेडामा
-
शपथका लागि घण्टीघरमा जमघट, तस्बिरहरू
-
८ विश्वविद्यालयको उपकुलपतिका लागि ३/३ जनाको नाम टुंगियो, अब निर्णयको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण