सिल्भर स्क्रिनमा पुनः धमाका मच्चाउने तयारीमा गोबिन्दा र रबिना, शेयर गरिन् फोटो
रबिना टन्डन र गोबिन्दाको जोडी बलिउडको उत्कृष्ट जोडीमध्येको एक मानिन्छ । रबिना र गोबिन्दाको जोडीले थुप्रै फिल्ममा धमाका मच्चाइसकेका छन् । अब यो जोडी चाँडै नै पुनः सँगै देखिँदैछन् ।
रबिननले आफ्नो इन्स्टाग्रामा यसबारे जानकारी दिएकी हुन् । आफ्नो र गोबिन्दाका केही तस्बिर सेयर गरेकी छिन् । जहाँ रबिना गोबिन्दासँग काम गर्नेबारे कुरा गरिरहेकी छिन् । रबिना सोशल मिडियामा निकै सक्रिय छिन् ।
गोबिन्दा र रबिनाले गर्नेछन् ग्रान्ड रियूनियनः
आफ्नो सोसल मिडिया अकाउन्टमा गोबिन्दासँग तस्बिर सेयर गर्दै रबिना लेख्छिन्, ‘ग्रान्ड रियूनियन... हामी पुनः स्क्रिनमा सँगै देखिनेछौं तर कहिले ? कहाँ र कसरी ? बस् चाँडै आउँदैछौं ।’
रबिनाको यो घोषणापछि प्रशंसककाे मेसेजको बाढी आएको छ । प्रशंसकले यो नयाँ प्रोजेक्टको विवरणलाई व्यग्रताका साथ प्रतीक्षा गरिरहेका छन् । यसका साथै थुप्रै बलिउड सेलिब्रिटीले पनि यो खबरमा खुसी व्यक्त गरेर कमेन्ट गरेका छन् ।
स्मरण रहोस्, रबिना–गोबिन्दाको जोडीले ‘बडे मियां–छोटे मियां, दुल्हे राजा, अंखियों से गोली मारे, राजा जी, आन्टी नम्बर वान’ जस्ता थुप्रै हिट फिल्म छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समझदारीपत्रकाे उल्लङ्घन भए जवाफ दिने इरानको चेतावनी
-
कालीगण्डकीमा बेवारिसे शव फेला
-
१० बजे १० समाचार : जेनजी आन्दोलनमा आत्तिएर धेरै गोली, प्रथम महाधिवेशनमै वैधानिकतामाथि प्रश्न
-
८औँ नेशनल म्युजिक अवार्ड आयाेजना हुँदै
-
मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन
-
'अपरेसन ईलिगल एजेन्ट क्लिन-अप' र स्थानीय तहबाटै श्रम स्वीकृति सहजीकरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण