शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

हाइटीका राष्ट्रपतिको हत्या

बुधबार, २३ असार २०७८, १६ : ३९
बुधबार, २३ असार २०७८

हाइटीका राष्ट्रपति जोभेनेल मोसेको उनको नीजि निवासमा आक्रमण गरी हत्या गरिएको प्रधानमन्त्री क्लाउडे जोसेफले जानकारी दिएका छन् र  ।

जोसेपका अनुसार पोर्ट–एयू–प्रिन्सस्थित राष्ट्रपतिको निवासमा हतियारधारी  समूहले स्थानीय समयानुसार राती १ बजे आक्रमण गरेका हुन् ।

उक्त आक्रमणमा फर्स्ट लेडी पनि घाइते भएको बताइएको छ ।

जोसेपले सरकारलाई निरन्तरता दिनका लागि हरसम्भव प्रयास गरिएको जानकारी दिए ।

५३ वर्षका जोभेनेल सन् २०१७ को फेब्रुअरीदेखि सत्तामा थिए ।

बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप