गण्डकी प्रदेशमा थप २७९ जनामा कोरोना संक्रमण पुष्टि
गण्डकी प्रदेशमा थप २७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेशका विभिन्न जिल्लामा पछिल्लो २४ घण्टामा गरिएको ११४१ जनाको नमूना परीक्षण गरिएकामा २६९ जनामा संक्रमण देखिएको हो । गण्डकी प्रदेशमा देखिएका संक्रमितमध्ये १३५ पुरुष र १३४ जना महिला रहेको प्रदेश स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जनाकारी दिए ।
उनकाअनुसार नयाँ संक्रमितहरुमा कास्कीमा ८६, म्याग्दी ११, पर्वत ५, गोरखा ३३, लमजुङ ३२,तनहुँ ९,स्याङ्जामा ४५ र नवलपुरमा ४८ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५८ हजार ३४८ पुगेको छ ।
त्यसैगरी गण्डकी कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ । कास्कीका ४ र पर्वतका १ जना रहेका छन् । पोखरा–१७ का ५० वर्षीय पुरुष, पोखरा–३० का ८८ वर्षीय पुरुष, पोखरा–१७ का ६० वर्षीय पुरुष र अन्नपूर्ण–५ का ७३ वर्षीय पुरुषको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो ।
त्यसैगरी पर्वतको फलेवास नगरपालिका– ५ की ५६ वर्षीय कोरोना संक्रमित महिलाको पोखरास्थित मणिपाल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९८१ पुगेको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा ३५२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेहरुको संख्या ५४ हजार २०४ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण