आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

गण्डकी प्रदेशमा थप २७९ जनामा कोरोना संक्रमण पुष्टि

बिहीबार, २४ असार २०७८, १९ : ००
बिहीबार, २४ असार २०७८

गण्डकी प्रदेशमा थप २७९  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेशका विभिन्न जिल्लामा पछिल्लो २४ घण्टामा गरिएको ११४१ जनाको नमूना परीक्षण गरिएकामा २६९ जनामा संक्रमण देखिएको हो । गण्डकी प्रदेशमा देखिएका संक्रमितमध्ये १३५ पुरुष र १३४ जना महिला रहेको प्रदेश स्वास्थ्य आपतकालिन कार्य सञ्‍चालन केन्द्रका संयोजक नवराज शर्माले जनाकारी दिए । 

उनकाअनुसार नयाँ संक्रमितहरुमा कास्कीमा ८६, म्याग्दी ११, पर्वत ५, गोरखा ३३, लमजुङ ३२,तनहुँ ९,स्याङ्जामा ४५ र नवलपुरमा ४८ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५८ हजार ३४८ पुगेको छ ।

त्यसैगरी गण्डकी कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ । कास्कीका ४ र पर्वतका १ जना रहेका छन् । पोखरा–१७ का ५० वर्षीय पुरुष, पोखरा–३० का ८८ वर्षीय पुरुष, पोखरा–१७ का ६० वर्षीय पुरुष र अन्नपूर्ण–५ का ७३ वर्षीय पुरुषको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । 

त्यसैगरी पर्वतको फलेवास नगरपालिका– ५ की ५६ वर्षीय कोरोना संक्रमित महिलाको पोखरास्थित मणिपाल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।  योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९८१ पुगेको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा ३५२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेहरुको संख्या ५४  हजार २०४ पुगेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप