‘फाइटर’मा ऋतिक र दीपिका
शुक्रबार, २५ असार २०७८, १२ : ४४
मुम्बई । अभिनेता ऋतिक रोशन फिल्म ‘ब्यांग ब्यांंग’ र ‘वार’ पछि निर्देशक सिद्धार्थ आनन्दको फिल्म ‘फाइटर’मा देखिँदैछन् । फिल्ममा ऋतिकको जोडीका रुपमा दीपिका पादुकोण देखिने भएकी छन् ।
ऋतिक र दीपिका पहिलो पटक जोडीका रुपमा यो फिल्ममा देखिन लागेका हुन् । हालै फिल्मको अफिसियल घोषणा क्रिटिक्स तरण आदर्शले गरेका छन् । फिल्मको रिलिज मिति ३० सेप्टेम्बर २०२२ बताइएको छ ।
यो भारतको पहिलो एरियल एक्सन फ्रेन्चाई फाइटर फिल्म हो । फिल्म वायकोम १८ स्टुडियो, ममता आनन्द, रमोन छिब र अंकु पाण्डेले निर्माण गर्न लागेका हुन् । विश्वका कयौ लोकेशनमा खिचिने बताइएको फिल्मको कथा सशस्त्र सेनाको देशप्रेम, त्यग र विरतामा आधारित रहनेछ ।
ऋतिकले गत १० जनवरीमा आफ्नो जन्मदिनको अवसर पारेर फिल्मको घोषणा गरेका थिए । सो समय फिल्मको एक टिजर समेत सार्वजनिक गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेट विवादः बागमतीमा कांग्रेसभि किचलो, काठमाडौँमा लामा समूहको छलफल
-
होटल–रेस्टुरेन्टमा गृह मन्त्रालयको कडा एक्सन, गुणस्तरहीन खाद्य बेच्नेलाई हदैसम्मको कारबाही
-
बिमवाङमा खेलमैदान निर्माण
-
मन्त्रीको क्षेत्रकेन्द्रित बजेटमाथि प्रश्न, मुख्यमन्त्रीले भने, ‘नीतिविपरीतका योजना लागू हुँदैनन्’
-
प्रथम महाधिवेशनमै वैधानिकतामाथि उठ्यो प्रश्न
-
मानवअधिकार संरक्षणमा समस्या : अध्यक्ष मगर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण