बच्चा जन्माएपछि अभिनेत्रीको 'टपलेस पोज', युर्जर्स भन्छन्, 'तपाईंबाट यस्तो आशा थिएन'
टेलिभिजनको चर्चित टेलिश्रृखंला 'कुमकुम भाग्य'की आलिया अर्थात अभिनेत्री शिखा सिंह पछिल्लो समय व्यक्तिगत जीवनका कारण चर्चामा छिन् । केही समयअगाडि मात्रै बच्चाकी आमा समेत बनेकी शिखाको पछिल्लो समय एउटा तस्बिरले चर्चा पाएको छ ।
भर्खरै जन्मिएकी छोरीको हेरचाहमा टेलिभिजनका सिरियलमा समेत नदेखिएकी शिखाले एउटा तस्बिर सामाजिक सञ्जालमा हालेकी छन् । उनको उक्त तस्बिर सामाजिक सञ्जालमा शेयर भएपछि उनका प्रशंसक र सामाजिक सञ्जाल प्रयोगकर्ताले उनको तस्बिरमा विभिन्न प्रकारका प्रतिक्रिया जनाएका छन् ।
उनका केही साथीहरुले उनको पछिल्लो तस्बिरलाई निकै मन पराएका छन् । उनको बोल्डनेसको तारिफ पनि गरेका छन् । उनले काम गरेको सिरियल 'कुमकुम भाग्य'की प्रमुख भूमिकामा रहेकी श्रृटि झाले लेखेकी छन्,'म अब घर आउँ ?' अर्की अभिनेत्रीले लेखेकी छन्, 'बर्निंङ फायर !'
उनले जुलाई ७ मा पोस्ट् गरेको उक्त तस्बिरमा शिखा टपलेस छिन् । उनको तस्बिरमा आलोचना पनि उत्तिकै आएका छन् । केही सामाजिक सञ्जाल प्रयोगकर्ताले शिखाबाट यस्तो तस्बिरको आशा नगरेको समेत बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेट विवादः बागमतीमा कांग्रेसभि किचलो, काठमाडौँमा लामा समूहको छलफल
-
होटल–रेस्टुरेन्टमा गृह मन्त्रालयको कडा एक्सन, गुणस्तरहीन खाद्य बेच्नेलाई हदैसम्मको कारबाही
-
बिमवाङमा खेलमैदान निर्माण
-
मन्त्रीको क्षेत्रकेन्द्रित बजेटमाथि प्रश्न, मुख्यमन्त्रीले भने, ‘नीतिविपरीतका योजना लागू हुँदैनन्’
-
प्रथम महाधिवेशनमै वैधानिकतामाथि उठ्यो प्रश्न
-
मानवअधिकार संरक्षणमा समस्या : अध्यक्ष मगर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण