खुसीले खुवाइन् अन्य स्टारकिडलाई माथ, सामाजिक सञ्जालमा भाइरल
जान्हवी कपूरकी बहिनी खुसी कपूर आफ्नो डेब्युभन्दा पहिले नै सेलिब्रेटी बनिसकेकी छिन् । सामाजिक सञ्जालमा उनी स्टार भइसकेकी छिन् ।
बोनी कपूर तथा श्रीदेवीकी छोरी खुसी सामाजिक सञ्जालमा फोटो पोस्ट गर्नासाथ चर्चामा आउने गर्छिन् । उनले भर्खरै नयाँ तस्विरहरु शेयर गरेकी छिन् ।
यी तस्विरमा उनी निकै सुन्दर देखिन्छिन् । खुसीले कुनै फोटोमा बेज क्रेप सर्टसँग ट्राउजर लगाएको देखिन्छ । त्यस्तै, हातमा मोतिको ब्रासलेट लगाएको देखिन्छ । हूप इयर रिङग्स् र सुनको नेकलेसले उनको सुन्दरलाई बढाएको छ ।
खुसीको तस्विरमा जान्हवीले लेखेकी छिन्, ‘क्विन, के म रुन सक्छु !! !! !!’
आफ्नी आमा र दिदीजस्तै खुसी पनि अभिनेत्री बन्न चाहन्छिन् । उनले न्युर्योक फिल्म एकेडेमीबाट पढाई सकेकी छिन् । बोनी कपूरले पनि केही समयअघिमात्रै खुसीलाई लन्च गर्ने विषयमा बोलेका थिए । तर, आफ्नो छोरीलाई हिरोइन लिएर फिल्म बनाउनु बाबुका लागि सधै चुनौतीपूर्ण रहने गरेको छ ।
यस्तोमा फिल्ममेकर करण जौहरले खुसीलाई लन्च गर्ने हल्ला पनि छ । जान्हवीसहित धेरै स्टार किड्सलाई उनले नै डेब्यु गराएका थिए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण