‘शहजादा’ मा रोमान्टिक जोडी कार्तिक र कृति
बुधबार, ३० असार २०७८, १७ : ०४
अभिनेता कार्तिक आर्यन र अभिनेत्री कृति सेनन एकपटक फेरि रोमान्टिक जोडीको रुपमा पर्दामा देखिने भएका छन् । यी दुबै फिल्म ‘शहजादा’ मा जोडीका रुपमा देखिन लागेका हुन् । यस अगाडि दुबै २०१९ मा फिल्म ‘लुका छुपी’ मा देखिएका थिए ।
‘शहजादा’ अल्लु अर्जुन र पूजा हेगडे स्टारर हिट फिल्म ‘अला बैकुन्ठपुरमलो’ को हिन्दी रिमेकको रुपमा बन्न लागेको हो । जसको नाम निर्माण युनिटले ‘शहजादा’ राखेका छन् । यो नामबाट बलिउडमा १९७२ मा फिल्म बनेको थियो । जसमा राजेख खन्ना र राखी गुलजारको मुख्य भूमिका रहेको थियो ।
‘ढिशुम’ फिल्मपछि अभिनेता बरुण धवनका भाई रोहित धवनले ‘शहजादा’ निर्देशन गर्न लागेका हुन् । फिल्मसँग जोडिएको एक सदस्यले फिल्मको रीमेक राइट ९ करोडमा लिएको बताएका छन् । ओरजिनल फिल्मका अभिनेता अल्लु अर्जुनको पनि यसमा केमियो रहेको बताइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेट विवादः बागमतीमा कांग्रेसभि किचलो, काठमाडौँमा लामा समूहको छलफल
-
होटल–रेस्टुरेन्टमा गृह मन्त्रालयको कडा एक्सन, गुणस्तरहीन खाद्य बेच्नेलाई हदैसम्मको कारबाही
-
बिमवाङमा खेलमैदान निर्माण
-
मन्त्रीको क्षेत्रकेन्द्रित बजेटमाथि प्रश्न, मुख्यमन्त्रीले भने, ‘नीतिविपरीतका योजना लागू हुँदैनन्’
-
प्रथम महाधिवेशनमै वैधानिकतामाथि उठ्यो प्रश्न
-
मानवअधिकार संरक्षणमा समस्या : अध्यक्ष मगर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण