शुक्रबार, ०६ असार २०८२
ताजा लोकप्रिय

कतार एयरवेज होलिडेजले ल्यायो ‘फ्यामेली एण्ड फ्रेन्ड्स’ प्याकेज

बुधबार, ३० असार २०७८, १७ : ५८
बुधबार, ३० असार २०७८

कतार एयरवेज होलिडेजले डिस्कभर कतारको सहकार्यमा फ्यामेली एण्ड फ्रेन्ड्स प्याकेज ल्याएको छ । खोप लिइसकेका यात्रुहरूका लागि कतार खुला भएपश्चात् साथीभाइ तथा परिवारसँग कतारमा भेट गर्न गइरहेका अन्तर्राष्ट्रिय यात्रुहरूका निम्ति विशेष प्याकेज ल्याएको हो । 

प्रवेशका लागि अनिवार्य सर्तको रूपमा, कतार राज्यले सबै पर्यटकको आगमनसँगै होटल बुकिङ पनि भएको हुनुपर्ने जनाएको थियो । यस आवश्यकताको पूर्तिका लागि सहयोग पुर्याउन कतार एयरवेज होलिडेजको साझेदारीमा कतार डिस्कभरले ग्राहकहरूको परिवार र साथी भाइसँगको अनुभव बृद्धि गर्ने उद्देश्यले होटलहरूमा विशेष छुटको साथ विशेष योजना प्रदान गर्ने भएको हो  । 

‘फ्यामेली एण्ड फ्रेन्ड्स’ प्याकेजहरू प्रति व्यक्ति एक हजार ७२१ कतारी रियाल देखि सुरु हुनेछ र हिल्टन दोहा, हिल्टन साल्वा बीच रिसोर्ट लगायतका अग्रणी होटलहरूमा ५, ७ र १० रातका लागि उपलब्ध हुने कम्पनीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप