कतार एयरवेज होलिडेजले ल्यायो ‘फ्यामेली एण्ड फ्रेन्ड्स’ प्याकेज
कतार एयरवेज होलिडेजले डिस्कभर कतारको सहकार्यमा फ्यामेली एण्ड फ्रेन्ड्स प्याकेज ल्याएको छ । खोप लिइसकेका यात्रुहरूका लागि कतार खुला भएपश्चात् साथीभाइ तथा परिवारसँग कतारमा भेट गर्न गइरहेका अन्तर्राष्ट्रिय यात्रुहरूका निम्ति विशेष प्याकेज ल्याएको हो ।
प्रवेशका लागि अनिवार्य सर्तको रूपमा, कतार राज्यले सबै पर्यटकको आगमनसँगै होटल बुकिङ पनि भएको हुनुपर्ने जनाएको थियो । यस आवश्यकताको पूर्तिका लागि सहयोग पुर्याउन कतार एयरवेज होलिडेजको साझेदारीमा कतार डिस्कभरले ग्राहकहरूको परिवार र साथी भाइसँगको अनुभव बृद्धि गर्ने उद्देश्यले होटलहरूमा विशेष छुटको साथ विशेष योजना प्रदान गर्ने भएको हो ।
‘फ्यामेली एण्ड फ्रेन्ड्स’ प्याकेजहरू प्रति व्यक्ति एक हजार ७२१ कतारी रियाल देखि सुरु हुनेछ र हिल्टन दोहा, हिल्टन साल्वा बीच रिसोर्ट लगायतका अग्रणी होटलहरूमा ५, ७ र १० रातका लागि उपलब्ध हुने कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेसागत संगठन तथा ट्रेड युनियनहरू खारेजविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार
-
ललितपुरमा महिला उद्यमी सम्मेलन तथा उत्पादन व्यापार मेला, तस्बिरहरू
-
मानिसमा पहिलो पटक ‘रिभर्स एजिङ’ औषधि परीक्षण, बुढ्यौली उल्ट्याउने दाबी
-
काभ्रेमा बस दुर्घटना अपडेट : घाइते १७ जनालाई धुलिखेल अस्पतालमा ल्याइयो
-
नेपाली बजारमा भित्रियो आधुनिक किया के३ सेल्टोस, यस्ता छन् विशेषता र मूल्य
-
भारत बालेनसँग खुसी छैन, रविले नेपालको नेतृत्व गरुन् भन्ने चाहन्छ : बादल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण