पाल्पामा पहिरोले पुरेर डोजरका सह–चालकको मृत्यु
पाल्पाको तिनाउँ गाउँपालिकामा पहिरोले पुरेर जेसिभी (डोजर) सह–चालकको मृत्यु भएको छ । तिनाउँ गाउँपालिका –६, डुम्रे स्थित भित्रि सडकमा शनिवार विहान लु १ क २४९६ नम्वरको जेसीभी पहिरोले पुरिँदा बर्दियाको बाँसगढी नगरपालिका–४ निवासी २७ बर्षीय महेन्द्र भन्ने मुमलाल पुनको मृत्यु भएको हो । शुक्रबार साँझ गम्भीर घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको हो ।
पाल्पाका प्रहरी प्रवक्ता डिएसपी रामेश्वर त्वातीका अनुसार डुम्रेबाट होलीघाटतर्फ ढुङ्गा लोड गरी जाँदै गरेको लु ४ त ६६२९ नम्बरको ट्याक्टर हिलोमा फसे पछि त्यसलाई निकाल्न लु १ क २४९६ र लु १ क २४९७ नम्बरको जेसिबी पुगेको थियो ।
सोही ट्याक्टर निकाल्ने क्रममा एक्कासी माथिबाट खसेको पहिरोले ट्याक्टर र जेसिबी पुरिँदा लु १ क २४९६ नम्बरको जेसिबी चालक रैनादेवी छहरा गाउँपालिका–१ का २० वर्षीय सरोज बुढा र सह–चालक बर्दियाका पुन घाइते भएका थिए । बर्दिया घर भएका मृतक पुन पाल्पाको डुम्रेमा बसोबास गर्दै आइरहेका थिए । चालक बुढाको भने प्रभास अस्पतालमा उपचार भई रहेको प्रहरीले जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज यी ५ प्रदेशमा अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण