शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

घरको भर्‍याङमुनी महिलाको शव फेला

शनिबार, ०२ साउन २०७८, १२ : १२
शनिबार, ०२ साउन २०७८

शनिवार बिहान पाल्पाको निस्दी  गाउँपालिकाकी एक महिलाको शव फेला परेको छ ।

 सो गाउँपालिकाको वडा नम्वर–४ छापडाँडाकी अन्दाजी ५१ बर्षीया महिला दिलकुमारी सुनारीको शव उनकै घरको भ-याङ्गमुनी  शनिवार विहान ५ बजेको समयमा फेला परेको हो ।

इलाका प्रहरी कार्यालय रामपुरबाट  प्रहरी निरीक्षकको कमाण्डमा खटिएको प्रहरीले ८ फिट अग्लो भ-याङबाट लडेर उनको मृत्यु भएको भनिए पनि यसबारे अनुसन्धान भई रहेको पाल्पाका प्रहरी प्रवक्ता डिएसपी रामेश्वर त्वातीले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप