दाङमा आजदेखि भेरोसेल खोप लगाइँदै
दाङमा ५५ वर्षमाथिका उमेर समूहलाई कोभिडविरुद्धको भेरोसेल खोप लगाइँदैछ । जिल्लाका १० स्थानीय तहका १०० बढी खोप केन्द्रबाट ती उमेर समूहका ३५ हजार बढीलाई आजदेखि खोप लगाउन लागिएको हो ।
जिल्ला स्वास्थ्य कार्यालयले १९ हजार खोपको मात्रा प्राप्त भएको जनाएको छ । “एउटा स्थानीय तहमा २० बढी खोप केन्द्र छुट्याइएको छ ।” कार्यालयका कोरोना फोकल पर्सन कमल चन्दले भने, “स्थानीय तहका १०० बढी स्वास्थ्य चौकी एवं स्वास्थ्य एकाइबाट खोप लगाइने छ ।”
अहिलेसम्म कोभिशिल्ड खोप २८ हजार ३११ लाई लगाइएको छ । तीमध्ये दोस्रो मात्राको आठ हजार बढीले लगाएका छन् भने २० हजार बढीलाई भने दोस्रो मात्रा लगाउन बाँकी छ । त्यसैगरी जिल्लाभर आठ हजार बढीलाई भेरोसेल खोप लगाइएको छ । जोन्सन एण्ड जोन्सन खोप प्राप्त भएलगत्तै सो उमेर समूह र पूर्ण अपाङ्गता भएका नागरिकलाई खोप लगाइने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज यी ५ प्रदेशमा अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण