शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

कोहलपुरमा एक वृद्धा मृत फेला

आइतबार, ०३ साउन २०७८, १४ : १५
आइतबार, ०३ साउन २०७८

बाँकेको कोहलपुर नगरपालिका– ११ एकतानगरका  एक वृद्धाको हत्या भएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले  एकता नगरका  ८२ वर्षीया साउनी कार्की मृतावस्थामा आज फेला परेको जानकारी दिए ।  

उनले घरमा सुतिरहेकी कार्कीमाथि धारिलो हतियार प्रहार भएको र  हत्यापछि मृतकका साथमा रहेको नगद र सुनको गरगहना लगेको बताए । अहिले कोहलपुर क्षेत्रमा प्रहरी परिचालन गरी घटनाको अनुसन्धान भइरहेको प्रनाउ खनालले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप