उच्च अदालत तुलसीपुरमा ५९ प्रतिशत मुद्दा फछ्र्योट
उच्च अदालत तुलसीपुरले गत आर्थिक वर्षमा करीब ५९ प्रतिशत मुद्दा फछ्र्योट गरेको छ । गत आर्थिक वर्षमा अदालतमा दर्ता भएका ६०९ र आर्थिक वर्ष २०७६/७७ बाट जिम्मेवारी सरेर आएका १७४ गरी कूल ८८३ मुद्दामध्ये ५२० मुद्दा फछ्र्योट भएको उच्च अदालत तुलसीपुरका रजिष्ट्रार यमबहादुर बुढाले जानकारी दिए । यो गत आर्थिक वर्षमा ५८ दशमलव ८९ प्रतिशत मुद्दा फछ्र्योट भएको हो ।
गत आर्थिक वर्षमा कूल ९४ देवानी मुद्दामध्ये ४०, ५७१ सरकारवादी फौजदारी मुद्दामध्ये ३९४ र ३२ दुनियावादी फौजदारीमध्ये १८ थान मुद्दा फछ्र्योट भएको सो अदालतले जनाएको छ । गत असारमा ६१ मुद्दा दर्ता भएकोमा कोरोना जोखिमकाबीच पनि ५८ फैसला भएको अदालतका मुख्य न्यायाधीश निता गौतम दीक्षितले जानकारी दिइन्। गत आर्थिक वर्षमा २३ थान मुद्दा मेलमिलापको लागि पठाएकोमा पाँच थान मात्र मेलमिलाप भएको उनले बताए ।
मुख्य न्यायाधीश गौतमले न्यायपालिकाको चौथो पञ्चवर्षीय रणनीतिक योजनाअनुसार उच्च अदालतमा २०७७ भदौ १ गतेदेखि र जिल्ला अदालतमा २०७७ साउन महिनादेखि फरक मुद्दा व्यवस्थापन पद्दति लागू भएको र सो अनुसार मुद्दालाई सरल मार्ग, सामान्य मार्ग र विशेष मार्ग गरी तीन प्रकारले विभाजन गरेर काम भइरहेको बताए । सरल मार्गमा ६ महिनाभित्र, सामान्यमा एक वर्षभित्र र विशेष मार्गमा डेढ वर्षभित्र फछ्र्योट गरी सक्नुपर्ने व्यवस्था रहेको उनको भनाइ छ ।
छिटोछरितो न्याय सम्पादनका लागि अदालतले नागरिक सहायता कक्ष, निःशुल्क रुपमा निवेदन लेखिदिने व्यवस्था र अदालतको सेवालाई प्रविधिमैत्री बनाएर समयमा नै प्रभावकारी रुपमा कार्यसम्पादन गर्न सफल भएको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज यी ५ प्रदेशमा अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण