‘इकारस’ सम्झाउँदै ओलीलाई रिजालको कटाक्ष : धेरै उड्ने प्रयास नगर्नुस्
काँग्रेस नेता मिनेन्द्र रिजालले ग्रिक पौराणिक कथाको उदाहरण दिँदै प्रतिपक्षलाई धेरै उड्ने प्रयास नगर्न चेतावनी दिएका छन् । ‘एउटा टापुको जेलबाट निस्किएर भाग्नेक्रममा इकारसलाई उसको बाबु डेडालसले कृत्रिम पखेटा बनाइदिन्छ र सम्झाउँछ ः समुद्रको आर्द्रता धेरै हुन्छ, धेरै तल पनि नजाऊ । धेरै माथि पनि नजाऊ, सूर्य तातो हुन्छ ।’
संसद्मा देउवाका लागि विश्वासको मत माग्दै देउवालाई अदालतले प्रधानमन्त्री बनाएको भन्ने एमालेको आरोपलाई उनले खण्डन गरे । ‘अदालतले देउवालाई प्रधानमन्त्री बनाएको होइन । संविधानअनुसार दलहरूले प्रधानमन्त्री दिन नसकेर संसद् नै विघटन हुने अवस्था आउँदा धारा ७६ (५) अनुसार विवेकको मत दिएर संसद्को रक्षा गर्नसक्नेबारे सम्झादिएको मात्रै हो,’ उनले ओलीलाई लक्षित गर्दै भने,‘ प्रचण्डलाई विवेकको मत दिन बाध्य गराएको अदालतले होइन । माधव नेपाललाई विवेकको मत दिन बाध्य गराएको अदालतले होइन । तपाईँको अहङ्कारले हो । त्यसैले अहङ्कारबाट निस्कनुस् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रेस स्वतन्त्रतामाथि न्यायिक ‘तरबार’ : क्षेत्राधिकार मिचेर किन हुँदैछन् समाचार हटाउने आदेश ?
-
मूल्य घटेपछि पम्पमा इन्धनको अभाव, निगमले खटायो तीन टोली
-
राष्ट्रियसभा अध्यक्षद्वारा सांसदका प्रश्नको जवाफ दिन सरकारलाई रुलिङ
-
रास्वपाका केन्द्रीय सदस्यहरुले शपथ लिँदा जे देखियो, तस्बिरमा हेर्नुहोस्
-
‘जनताका प्रश्नको जवाफ नदिने सरकारले कस्तो सुशासन दिँदैछ ?’
-
महाधिवेशनपछि रास्वपाको केन्द्रीय समितिको पहिलो बैठक वनस्थलीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण