बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

‘जनताका प्रश्नको जवाफ नदिने सरकारले कस्तो सुशासन दिँदैछ ?’

बुधबार, १७ असार २०८३, १३ : ३७
बुधबार, १७ असार २०८३

सारांश

  • राष्ट्रियसभामा नेपाली कांग्रेस र नेकपाका सांसदहरूले शून्य समयमा उठाएका प्रश्नको जवाफ सरकारले नदिएको भन्दै आपत्ति जनाएका छन् ।
  • सांसद कमला पन्तले अहिलेसम्म शून्य समयमा सांसदले उठाएका प्रश्नको जवाफ पाउन नसकेको र सरकारले कुनै पनि विषयमा सम्बोधन नगरेको बताइन् ।
  • सांसद नरबहादुर विष्टले जनताका प्रश्नको जवाफ नदिने सरकारले कसरी सुशासन कायम गर्न सक्छ भन्दै प्रश्न उठाएका छन् ।

काठमाडौँ । राष्ट्रियसभा बैठकमा सांसदहरूले शून्य समयमा उठाएका जनताका प्रश्नको जवाफ सरकारले नदिएको भन्दै नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीले आपत्ति जनाएका छन् ।

बुधबार बसेको राष्ट्रियसभा बैठकमा बोल्दै कांग्रेसकी राष्ट्रियसभा संसदीय दलकी नेतासमेत रहेकी कमला पन्त र नेपाली कम्युनिस्ट पार्टीका सांसद नरबहादुर विष्टले अध्यक्ष नारायणप्रसाद दाहाललाई शून्य समयमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने विषयमा ध्यानाकर्षण गराउन आग्रह गरे ।  

सांसद पन्तले अहिलेसम्म शून्य समयमा सांसदले उठाएका प्रश्नको जवाफ अहिलेसम्म पाउन नसकेको बताइन् । ‘सांसदहरू आवाज उठाउनुहुन्छ, । विभिन्न जनचासो र पिडाका विषय हुन्छन् ? केही विषयमा सरकारको ध्यानाकर्षण पनि गराउनुहुन्छ,’ पन्तले भनिन्, ‘ 

हामीले उठाएका कुनै विषयमा पनि सरकारले सम्बोधन गरेको छैन । समसामयिक विषयमा सांसदहरूले उठाएका प्रश्नको सरकारले सम्बोधन गर्ने वातावरण निर्माण सभाध्यक्षज्यू मार्फत ध्यानाकर्षण गराउँछु ।’

सांसद विष्टले सुशासन निर्माण गर्ने भन्दै निर्माण भएको सरकारले जनताको प्रश्नको जवाफ नदिएर के गर्दैछ भन्दै प्रश्न गरे । जनताका प्रश्नको जवाफ नदिने सरकारले के सुशासन कायम गर्छ भन्दै उनले प्रश्न गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप