मन्त्रालयमा हाजिर गर्दै छानबिनमा परेका तत्कालीन महानिर्देशक ढकाल
सारांश
- औषधिको मूल्य वृद्धिलाई लिएर छानबिनमा रहेका औषधी व्यवस्था विभागका तत्कालीन महानिर्देशक नारायणप्रसाद ढकाल स्वास्थ्य मन्त्रालयमा हाजिर गर्दै आएका छन् ।
- स्वास्थ्य मन्त्रालयका अनुसार ढकाललाई निलम्बन नगरिएकाले उनी नियमित हाजिर गर्दै आएका हुन् ।
- औषधिको मूल्यवृद्धिसम्बन्धी छानबिन गर्न स्वास्थ्य मन्त्रालयले समिति गठन गरे पनि समितिका सदस्यहरूले पत्र नै नपाएको बताएका छन् ।
काठमाडौँ । औषधिको मूल्य वृद्धिलाई लिएर छानबिनमा रहेका औषधी व्यवस्था विभागका तत्कालीन महानिर्देशक नारायणप्रसाद ढकालले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा हाजिर गर्दै आएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार ढकालले मन्त्रालयमा नियमित हाजिर गर्दै आएका हुन् ।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले ढकाललाई निलम्बन गरिएको नभई छानबिनको मात्रै विषय भएकाले हाजिर गर्दै आएको बताए ।
थप अध्ययन गर्न स्वास्थ्य मन्त्रालयले छानबिन समिति गठन गरे पनि सो समितिले आफूले पत्र नै प्राप्त नगरेको बताएका छ । स्वास्थ्य मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले यसबारे थप निर्णय गर्न ढिलाइ गरेको देखिन्छ ।
ढकालमाथि छानबिन गर्न स्वास्थ्य मन्त्रालयले मन्त्रालयका अतिरिक्त सचिव डा.श्रीकृष्ण श्रेष्ठको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो । तर, समितिका सदस्यहरूले आफूले पत्र नै नपाएको बताएका छन् । समितिका सदस्य समेत रहेका डा.श्रेष्ठले भने, ‘पत्र नै प्राप्त गरेनौँ । त्यसपछि के भइरहेको छ ? थाहा भएन ।’
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत चैत १६ गते यसबारे उजुरी प्राप्त भएको र अनियमित तरिकाले मूल्य वृद्धि गर्ने काममा को कसको संलग्नता भएको हो भन्नेबारे खुलाएर प्रतिवेदन बुझाउन कार्यादेशसहित डा.श्रीकृष्ण श्रेष्ठको नेतृत्वमा समिति गठन गरेको हो ।
ढकालमाथि अनियमित तरिकाले औषधिले मूल्यवृद्धि गरिएको विषयमा उजुरी परेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
रास्वपाले गठन गर्यो तीन आयोग
-
फेसबुकमै बोल्न डरमर्दो अवस्था : प्रविधिजन्य हिंसा नियन्त्रण गर्न राष्ट्रिय सभामा संकल्प प्रस्ताव दर्ता
-
डा. चेतना पौडेल जोडिएको रिट खारेज
-
भारतीय नीतिमा परिमार्जनसँगै नेपाली चिया निर्यात सहज, सुपारीको समस्या सल्टाउन पहल
-
संसदीय सुनुवाइ प्रणाली पुनरावलोकन गरौँ, ६ महिनामै राजदूत फर्काउने अभ्यास बन्द होस् : वर्षमान पुन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण