राजनीति
महाधिवेशनपछि रास्वपाको केन्द्रीय समितिको पहिलो बैठक वनस्थलीमा
बुधबार, १७ असार २०८३, १३ : ३१
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको पहिलो बैठक काठमाडौँको वनस्थलीमा सुरु भएको छ ।
- चितवनमा सम्पन्न महाधिवेशनपछि निर्वाचित केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।
- विधान अनुसार १५१ सदस्यीय केन्द्रीय समितिमा सभापतिले ५१ जना मनोनयन गर्ने व्यवस्था छ ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको पहिलो बैठक सुरु भएको छ । चितवनमा भएको पहिलो महाधिवेशनबाट निर्वाचित भएका केन्द्रीय सदस्यहरूले बुधबार केन्द्रीय कार्यालय वनस्थलीमा पद तथा गोपनीयताको शपथग्रहण कार्यक्रम सकिएपछि बैठक सुरु भएको हो ।
_kx3EKTwNTj.jpg)
बैठकमा पेस हुने एजेन्डाबारे केही थाहा नभएको केन्द्रीय सदस्य कुशुम श्रेष्ठले जानकारी दिइन् । सभापति रवि लामिछानेले निर्वाचित ६ पदाधिकारी र ९९ केन्द्रीय सदस्यलाई शपथ गराएका थिए ।
विधान अनुसार १५१ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था छ । विधान अनुसार तीमध्ये ५१ जना सभापतिले मनोनयन गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कालो सिसावाला गाडीमा रास्वपाका नेताहरूको सयर : कानुन एकातिर, व्यवहार अर्कातिर
-
उत्तरी ग्रिसमा डढेलोले परेर २ जनाको मृत्यु
-
लुम्बिनी प्रदेशसभाको बैठक स्थगित
-
त्रिशूलीमा हाम फाल्न खोजेका युवकको उद्धार
-
बारम्बार किन बिरामी परिरहन्छन् बालबालिका ?
-
प्रेस स्वतन्त्रतामाथि न्यायिक ‘तरबार’ : क्षेत्राधिकार मिचेर किन हुँदैछन् समाचार हटाउने आदेश ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण