शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

यति छिटो यो दुर्दशा देख्नुपर्छ भन्ने लागेको भए गठबन्धनको प्रस्ताव लैजान्नथे : प्रचण्ड

आइतबार, ०३ साउन २०७८, १९ : ३०
आइतबार, ०३ साउन २०७८

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले यति चाँडै संसद् विघटन र अविश्वासको प्रस्ताव ल्याउनुपर्ने अवस्था आउँथ्यो भन्ने लागेको भए आफूले गठबन्धनको प्रस्ताव नै नलग्ने बताएका छन् । 

आइतबार संसद् बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले कम्युनिस्टको सरकार निर्माण, स्थायी सरकार र समृद्धिका लागि भनेर गठबन्धन गरेको भए पनि त्यस्तो हुन नसकेका बताएका हुन् । 

संसदमा दाहालको सम्बाेधनको अंश यस्तो छ :

जसले गठबन्धनबाट देशमा राजनीतिक स्थायित्व होला भन्ठान्यो, र प्रस्ताव लिएर गयो, त्यो मान्छेले बोल्नुपर्दा पार्टी एकता गरौँ, देशमा कम्युनिष्टहरुको राम्रो पकड  छ, ठुलो उभार आउला र देशमा विकास आउला, समृद्धितिर देश लैजान सकिएला भनेर एकताको प्रस्ताव राख्ने मान्छेले आज दोस्रोपटक पुनःस्थापित भएको सदनको अगाडि उभिँदा मेरो अनुभूति कस्तो भएको होला भन्ने माननीय सदस्यहरूले बुझ्नुभएकै होला । 

यस्तो दुर्दशा यति छिटो देख्न पर्ला भन्ने लागेको भए मैले किन गठबन्धनको प्रस्ताव लैजान्थे होला । किन पार्टी एकताको प्रस्ताव लैजान्थे होला । त्यसकारण मैले यहाँ, अहिले पनि मलाई त्यति स्वाभाविक लागिरहेको छैन यो बीचमा पनि । यी विषयमा कुराहरू भन्नुभन्दा अगाडि नै के भन्न चाहन्छु भने अस्ति प्रधानमन्त्रीको शपथग्रहण कार्यक्रम वा नियुक्तिको सम्बन्धमा राष्ट्रपति कार्यालयमा केही अस्वाभाविक परिघटना भए । त्यहाँ प्रधानमन्त्री नियुक्तिको सम्बन्धमा प्रयोग भएको भाषा, जो संविधानको मर्म र भावना विपरीत थियो  । र, शपथग्रहण नै रोकिएको थियो, त्यो आफैमा त्यस्तो खालको पटकपटक हुने कुरा थिएन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप