महन्थ ठाकुरले देउवालाई बधाई दिँदै भने– हामी विश्वासको मत दिन्छौं
आइतबार, ०३ साउन २०७८, १९ : ४८
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो पार्टीले विश्वासको मत दिने बताएका छन् । प्रतिनिधिसभामा प्रधानमन्त्री देउवाले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले देउवा सरकारलाई विश्वासको मत दिने जनाएका हुन् ।
उनले भने, ‘प्रधानमन्त्री देउवालाई हार्दिक बधाइ दिन चाहन्छु र मेरो हार्दिक शुभकामना पनि छ । उहाँले जुन प्रस्ताव राख्नु भएको छ, त्यसको समर्थनमा मत दिन्छौं ।’
उनले अहिले देशमा देखिएको संकट संविधानकै कारण आएको दावीसमेत गरे । संविधानको कुनै पनि धारा कार्यान्वयनमा जाँदा त्यहाँ व्यवधान र अवरोध देखिने गरेको भन्दै उनले संविधान संशोधन हुनुपर्ने आफ्नो माग कायम रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रेस स्वतन्त्रतामाथि न्यायिक ‘तरबार’ : क्षेत्राधिकार मिचेर किन हुँदैछन् समाचार हटाउने आदेश ?
-
मूल्य घटेपछि पम्पमा इन्धनको अभाव, निगमले खटायो तीन टोली
-
राष्ट्रियसभा अध्यक्षद्वारा सांसदका प्रश्नको जवाफ दिन सरकारलाई रुलिङ
-
रास्वपाका केन्द्रीय सदस्यहरुले शपथ लिँदा जे देखियो, तस्बिरमा हेर्नुहोस्
-
‘जनताका प्रश्नको जवाफ नदिने सरकारले कस्तो सुशासन दिँदैछ ?’
-
महाधिवेशनपछि रास्वपाको केन्द्रीय समितिको पहिलो बैठक वनस्थलीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण