महन्थ ठाकुरले भने, ‘देउवालाई प्रधानमन्त्रीमा समर्थन गर्दा हामी घायल भएका छौँ’
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने बताएका छन् । संसदमा आफ्नो धारणा राख्दै उनले जबजब प्रधानमन्त्री बन्छ, आफूहरूको आन्दोलन कमजोर हुने गरेको धारणा राखे । उनले भने, 'शेरबहादुर देउवालाई मत दिएर आफूलाई घायल बनाएका छौँ ।’
'प्रधानमन्त्री देउवा परमादेशले प्रधानमन्त्री बनेका हुन्, जनादेशले बनेका होइनन्' भन्दै उनले संविधानको जति गुणगान गाए पनि मधेसी जनताले गोली खाएको र कतिपय साथै जेलमा रहेको धारणा राखे । वर्तमान प्रधानमन्त्री देउवाले चिठी पठाएर मत मागेको तर यो संविधानले उत्पीडित समुदायका लागि के गरेको भन्दै उनले प्रश्न गरे ।
उनले पूर्व प्रधानमन्त्री अ‍ोलीलाई धन्यवाद दिँदै आफूहरूको केही माग पुरा गरेको बताए । सर्वोच्च अदालतको सम्मान गर्छौ तर नागरिकता दिने अधिकार राज्यको हो तर राष्ट्रियताको निर्धारण र न राज्यले गर्न सक्छ न अदालतले गर्छ, उनले भने, नागरिकता नभए राज्यबाट कुनै सुविधा पाउँदैन, नागरिकता नभए लिगल पर्सनालिटी पाउँदैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रेस स्वतन्त्रतामाथि न्यायिक ‘तरबार’ : क्षेत्राधिकार मिचेर किन हुँदैछन् समाचार हटाउने आदेश ?
-
मूल्य घटेपछि पम्पमा इन्धनको अभाव, निगमले खटायो तीन टोली
-
राष्ट्रियसभा अध्यक्षद्वारा सांसदका प्रश्नको जवाफ दिन सरकारलाई रुलिङ
-
रास्वपाका केन्द्रीय सदस्यहरुले शपथ लिँदा जे देखियो, तस्बिरमा हेर्नुहोस्
-
‘जनताका प्रश्नको जवाफ नदिने सरकारले कस्तो सुशासन दिँदैछ ?’
-
महाधिवेशनपछि रास्वपाको केन्द्रीय समितिको पहिलो बैठक वनस्थलीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण