माधव नेपाल पक्षका यी सांसदले देउवालाई भोट नहाल्ने
प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सन्दर्भमा एमाले माधव नेपाल पक्षका केही सांसदहरू तटस्थ बस्ने भएका छन् । एमाले माधव पक्षका सांसदहरू घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र योगेश भट्टराई लगायतका नेताहरू तटस्थ बस्न लागेका हुन् ।
उनीहरूले पार्टी एकतालाई जोगाउन विश्वासको मतको पक्ष र विपक्षमा कतै नउभिने निर्णयमा पुगेको बुझिएको छ । यसअघि माधव नेपाल पक्षीय नेताहरूको बैठकमा भीम रावलले देउवाको विपक्षमा मतदान गर्न प्रस्ताव राखेका थिए । तर, अर्का नेता घनश्याम भुसालले त्यसो गर्न नहुने बताएपछि रावलले सांसद पदबाटै राजीनामा दिए ।
रावलको राजीनामापछि नेपाल पक्षका नेताहरूले देउवाको पक्षमा मतदान गर्ने कि तटस्थ बस्ने भन्नेबारे छलफल गरेका थिए । यस क्रममा स्थायी कमिटीका नेता योगेश भट्टराई, गोकर्ण विष्ट र सुरेन्द्र पाण्डेले पार्टी एकता बचाउनका लागि तटस्थ बस्ने निर्णय गरे । अन्ततः भुसालले पनि आफ्नो टिम नछोड्ने भन्दै तटस्थ बस्ने निर्णय सुनाएको एक नेताले बताए ।
पदाधिकारीसहित स्थायी कमिटीका चार नेता तटस्थ बस्ने भएपछि माधव नेपाल समूहका २३ सांसदमध्ये अरू पनि केहीले तटस्थ बस्ने नीति लिने भएको बुझिएको छ । नेपाल निकट स्रोतका अनुसार आधा दर्जन बढी सांसद तटस्थ बस्ने भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बारम्बार किन बिरामी परिरहन्छन् बालबालिका ?
-
प्रेस स्वतन्त्रतामाथि न्यायिक ‘तरबार’ : क्षेत्राधिकार मिचेर किन हुँदैछन् समाचार हटाउने आदेश ?
-
मूल्य घटेपछि पम्पमा इन्धनको अभाव, निगमले खटायो तीन टोली
-
राष्ट्रियसभा अध्यक्षद्वारा सांसदका प्रश्नको जवाफ दिन सरकारलाई रुलिङ
-
रास्वपाका केन्द्रीय सदस्यहरुले शपथ लिँदा जे देखियो, तस्बिरमा हेर्नुहोस्
-
‘जनताका प्रश्नको जवाफ नदिने सरकारले कस्तो सुशासन दिँदैछ ?’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण