शंकर पोखरेल अवैधानिक मुख्यमन्त्री हुन् : पूर्वमन्त्री बराल
लुम्बिनी प्रदेशका पूर्व सामाजिक विकास मन्त्री सुदर्शन बरालले शंकर पोखरेल अवैधानिक मुख्यमन्त्री भएको टिप्पणी गरेका छन् ।
सोमबार प्रेस संगठन गुल्मीले सदरमुकाम तम्घासमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले मुख्यमन्त्री पोखरेल अल्पमतमा रहेर पनि पदमा टाँसिएर बसेको आरोप लगाए ।
‘लुम्बिनी प्रदेशमा कुल ८३ सांसदमध्ये ३८ जनामात्रै शंकर पोखरेलको पक्षमा छन्,’ माओवादी केन्द्रका प्रदेशसभा सदस्यसमेत रहेका उनले भने, ‘जबकि हाम्रो पक्षमा ४५ जना छन् ।’
बजेट पास नहुने भएपछि मुख्यमन्त्रीले मध्यरातमा चोरबाटो अपनाउँदै प्रदेशसभा अधिवेशन अन्त्य गरी अध्यादेशबाट बजेट ल्याएको उनको भनाइ थियो । उनले कानुनी र राजनैतिक रुपमा प्रतिवाद गरेर मुख्यमन्त्री पोखरेललाई विस्थापित गर्ने दावीसमेत गरे ।
उनले ‘ओली प्रवृत्ति’का कारण बिग्रिएको केन्द्रीय राजनीति आइतबारदेखि सही बाटोमा आएको तर्क गर्दै प्रदेशहरुमा पनि ओली प्रवृत्तिको छायाँ बिस्तारै हराउँदै जाने बताए ।
बरालले आफु सामाजिक विकास मन्त्री हुँदा प्रदेशको शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा उल्लेख्य काम गरेको दाबीसमेत गरे ।
गुल्मीदरवार गाउँपालिकाका अध्यक्ष अशोक कुमार थापाको निधनमा शोक व्यक्त गर्न आएका पूर्वमन्त्री बरालले स्वर्गीय थापा नेपालको प्रजातान्त्रिक आन्दोलनका एउटा अथक योद्धा भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज यी ५ प्रदेशमा अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण