कपिलवस्तुबाट हराएको भनिएकी जसपा सांसद सम्पर्कमा
आइतबार बिहानबाट कपिलवस्तुबाट सम्पर्कविहीन भएकी भनिएकी जनता समाजवादी पार्टी (जसपा) नेपालकी लुम्बिनी प्रदेशसभा सदस्य पुुर्मती ढेंगा आज पार्टीको सम्पर्कमा आएकी छन् । उनी उपेन्द्र यादव पक्षीय सांसद हुन् ।
जसपाले सांसद ढेंगा आइतबार बिहान ११ बजेदेखि बेपत्ता भएको भन्दै इलाका प्रहरी कार्यालय, बुटवलमा उजुरी दिएको थियो । अहिले भने उनी आफूहरुको सम्पर्कमा आएको प्रदेश अध्यक्ष अशोक यादवले रातोपाटीलाई बताए ।
यसैगरी इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी मदन कुँवरले सांसद सम्पर्कविहीन भएको सूचनापछि खोजी गरिरहेका बेला आज सम्पर्क आएको पार्टीका नेताहरुले जानकारी दिएको बताए । उनले भने, ‘हामीलाई हिजो जसले हराउनु भयो भन्दै सूचना दिनु भएको थियो आज उहाँले नै सम्पर्क आउनु भयो भन्नु भएको छ ।’
आइतबार बिहान सांसद ढेंगा कपिलबस्तुमा एक होटलमा केही सांसदहरुसँग बैठक बसिरहेको बेला हिँडेकी थिइन् । त्यसपछि उनी एकाएक सम्पर्क विहीन भएकी सांसद सहर्षराम यादवले बताए । तर आज प्रदेश अध्यक्ष अशोक यादवसँग फोनमा कुराकानी भएको उनको भनाइ छ । उनी अहिले रुपन्देहीको तिलोत्तमा आफै घरमा रहेको अध्यक्ष यादवले बताए । उनले भने, ‘मैले फोन गर्दा तिलोत्तमा घरमा छु भन्नु भएको म त्यहीँ जाँदै छु ।’
लुम्बिनी प्रदेशमा सरकार गिराउने र टिकाउने खेल चलिरहेको बेला जसपाका केही नेताहरुले सत्तापक्ष सम्पर्कबिहीन बनाउने खेलमा लागेको आशंका व्यक्त गरेका थिए । पाल्पाकी ढेगा जसपाकी समानुुपातिक सांसद हुुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण