एकल जीवन रुचाउने बलिउडका ५ अभिनेत्री
मुम्बई । बलिउडका कयौँ अभिनेत्री यस्ता छन्, जो आफ्नो जीवन आफ्नै हिसाबले चलाउन रुचाउँछन् । उमेर ४० पार गरिसक्दा समेत उनीहरूले विवाह गरेका छैनन् । ती अभिनेत्रीको चर्चा यहाँ गर्न खोजिएको छ ।
सुस्मिता सेन:
सुस्मिता सेन धेरै केटीहरूका लागि प्रेरणा हुन् । उनको नाम वसीम अक्रम र अनिल कुम्बले जस्ता खेलाडीसँग पनि जोडिएको छ । ४६ वर्षको उमेरसँग पनि उनी अविवाहित छन् । मिस युनिभर्ससमेत रहेकी उनले दुई छोरी धर्मपुत्रीको रूपमा पालेकी छन् । उनी अहिले मोडल रोहमान शालसँगको डेटमा छिन् ।
तब्बु:
तबस्सुम हाशमी अर्थात् तब्बु ४८ वर्ष भएकी छन् । तर पनि उनको अहिलेसम्म विवाह भएको छैन । एक समय उनको साउथ स्टार नागार्जुनसँग अफेयरको चर्चा थियो । समाजको रीतिरिवाज निभाउन मात्र विवाह नगर्ने उनको मान्यता रहँदै आएको छ ।
अमीषा पटेल:
अभिनेत्री अमीषा पटेल अभिनेता ऋतिक रोशनको फिल्म ‘कहो ना प्यार है’बाट अभिनयमा डेब्यु गरेकी हुन् । त्यसपछि उनले धेरै राम्रा फिल्महरूमा समेत काम गरिन् । अहिले ४३ वर्ष पुगेकी यी अभिनेत्री अविवाहित छिन् । बलिउडमा एक पटक उनी निर्माता विक्रम भट्टसँगको अफेयरका कारण चर्चामा थिइन् ।
साक्षी तन्वर:
साक्षीको उमेर लगभग ५० को हाराहारीमा छ । अहिलेसम्म उनले पनि विवाहका लागि उपयुक्त पार्टनर पाएकी छैनन् । २०१५मा उनले गोप्य विवाह गरेको हल्ला चलेको थियो । सो हल्लामा मात्र सीमित रहन पुग्यो ।
नरगिस फाखरी:
नरगिस फाखरीले पनि अहिलेसम्म विवाह गरेकी छैनन् । उनी अहिलेको जीवन खुसीसँग बिताइरहेकी छन् । एक समय उनको उदय चोपडासँग रिलेसन सीप रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घोडेपानी–पुनहिलमा पर्यटकीय पूर्वाधार विस्तार
-
बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट
-
एक हजार ५९२ सवारीसाधन कारबाहीमा, बीस लाख २४ हजार राजस्व सङ्कलन
-
निर्धारित समयमा बराबरीपछि नेदरल्यान्ड्स र मोरक्कोबिचकाे खेल अतिरिक्त समयमा
-
इन्जुरी समयमा मोरक्कोको पुनरागमन, खेल १–१ को बराबरीमा
-
रौतहट प्रहरीद्वारा एकैदिनमा १० जना फरार प्रतिवादी पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण