लुम्बिनी प्रदेशकी मन्त्री पाण्डे गम्भीर अस्वस्थ
लुम्बिनी प्रदेशकी उद्योग, वन तथा वातावरण मन्त्री कल्पना पाण्डे गम्भीर अस्वस्थ भएकी छन् । असार २३ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कोभिसिल्डको दोश्रो डोज खोप लगाएकी उनी त्यसपछिका दिनमा स्वास्थ्य समस्या बढेपछि उपचारका लागि भैरहवास्थित भीम अस्पतालमा भर्ना भएकी थिइन् ।
त्यसपछि बुटवलको अस्पतालमा ल्याइएकी उनलाई त्यहाँ पनि उपचार सम्भव नभएपछि काठमाडौं लगिएको हो । हाल उनको नर्भिक अस्पतालमा उपचार भइरहेको बताइएको छ । कोभिसिल्ड खोप लगाएपछि कमजोर हुँदै गएकी उनका दुबै खुट्टा नचल्ने र शरीर शिथिल अवस्थामा पुगेको हो ।

चिकित्सकहरुले पाण्डेलाई न्युरो सम्बन्धी रोग लागेको र कोभिड खोप लगाएपछि त्यो रोग अलि छिटो देखिएको आशंका गरेको उनका श्रीमान् नवराज लम्सालले रातोपाटीलाई बताए । शरीर शिथिल हुनेक्रम बढेर अहिले कम्मरसम्म पुगेको र श्वास प्रश्वासमा समेत समस्या भई बोल्न नमिल्ने अवस्थामा पुगेको उनको भनाइ छ ।
चिकित्सकहरूका अनुसार उनमा भाइरसका कारण हुने समस्या देखिएको छ । शरीर प्यारालाइसिस हुन नदिन र फोक्सो, मुटुजस्ता अंग जोगाउनका लागि विशेष सुई प्रयोग गर्ने गरिएको छ । चिकित्सकहरुले उनको उपचारमा लामो समय लाग्न सक्ने जनाएको परिवारले बताएका छन् । सरकारमा सामेल भए पनि उनको उपचारका लागि प्रदेश सरकारले हालसम्म कुनै सहयोग नगरेको परिवारजनको गुनासो छ ।
पाण्डे जनता समाजवादी पार्टी (जसपा) नेपालको ठाकुर पक्षबाट गत वैशाख १९ गते प्रदेश सरकारमा सामेल भएकी थिइन् । मन्त्री भएलगत्तै उपेन्द्र यादव पक्षको कारवाहीमा परेकी उनीसहित जसपाका सांसद सर्वोच्च अदालतको अन्तरिम आदेशबाट पुनर्बहाली भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज यी ५ प्रदेशमा अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण