पैसा र सुन चोरी गरेको अभियोगमा बर्दियाबाट ३ जना पक्राउ
बर्दियामा विभिन्न धनमाल चोरी गरेको अभियोगमा ३ जना पक्राउ परेका छन् । भारत राइपुर सेईबजार मुजगाहान “शंकराचार्य कलेज” का अध्यक्ष निशान त्रिपाठीको घरबाट विभिन्न धनमाल चोरी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा निशानकै घरमा काम गर्ने बर्दिया ठाकुरबाबा नगरपालिका–४ बाउनपुर गाउँ बस्ने २२ वर्षीय जनक थापा, सोही ठाउँ बस्ने ४६ वर्षीय नरबहादुर थापा र उनकै दाइ ४८ वर्षीय छत्र बहादुर थापा रहेका छन् ।
उनीहरुले शुक्रबार निशानको घरमा कोही नभएको अवस्थामा नगद १३ लाख भारतीय रुपैयाँ र करिब १५ तोला बराबरको हिरा जडित विभिन्न सुनका गहना चोरी गरेको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १७ लाख ५० हजार नेपाली रुपैयाँ र उक्त गहना सहित उनीहरुकै घर ठेगानाबाट पक्राउ गरेको हो । साथै उनीहरुबाट बरामद गरेको नगद तथा गहना प्रहरीले सम्बन्धित धनीलाई बुझाएको छ । पक्राउ परेकाहरूमाथि प्रहरीले थप अनुसन्धान भैरहेको जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण