शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गैरआवासीय नेपाली सङ्घ जापानका अध्यक्षमा पौडेल विजयी

आइतबार, १७ साउन २०७८, १५ : ४८
आइतबार, १७ साउन २०७८

–गणेश खनियाँ
गैरआवासीय नेपाली सङ्घ जापानको अध्यक्षमा शिवप्रसाद पौडेल विजयी भएका छन् । दशौँ महाधिवेशनबाट अन्य चार प्रतिस्पर्धीलाई पछाडि पारी उनी निर्वाचित भएका हुन् । जुलाई २५ बाट जारी महाधिवेशननमा नयाँ कार्यसमिति २०२१–२३ का लागि सहमति जुटाउने प्रयास असफल भएपछि आज मतदान  भएको थियो ।

निर्वाचन समितिका अनुसार कूल नौ हजार ३९४ मतदाता रहेकामा कूल सात हजार ७६७ मत खसेको थियो ।  नवनिर्वाचित पौडेलले तीन हजार ३८  र निकटतम् प्रतिस्पर्धी अनिता गुरुङले एक हजार ८६९ मत प्राप्त गरेका छन्। यसैगरी वरिष्ठ उपाध्यक्षमा नवीन निउरे निर्वाचित भएका छन्। यसपटक कूल २९ पदका लागि ५९ ले उम्मेदवारी दिएका थिए  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप