टाइगर ३ मा सलमानसँग 'भिड्न' इमरान तयार !
इमरान हासमी रोमान्टिक हिरोका रुपमा चिनिन्छन् । बलिउडमा उनले ‘सिरियल किसर’ को उपमा नै पाएका छन् । तर, त्यो समय अब गुज्रिसकेको छ । आजभोलि इमरान चलचित्रको कथावस्तुलाई ध्यान दिन थालेका छन् । उनी ठूला प्रोजेक्टको हिस्सा बन्न शुरु गरेका छन् ।
इमरान पछिल्लो समय यस्तै एउटा ठूलो प्रोजेक्टमा काम गरिरहेका छन् । जसका लागि उनले खुबै मिहिनेत पनि गरिरहेका छन् । इमरान सुपरस्टार सलमान खानको आगामी चलचित्र टाइगर ३ मा देखिँदैछन् । यसका लागि उनले शरीरमा ठूलो परिवर्तन ल्याएका छन् । उनले सामाजिक सञ्जालमा सेयर गरेको एउटा तस्बिरले निकै चर्चा बटुलिरहेको छ ।
इमरान बलिउडमा ‘फिटनेस फ्रिक’ का रुपमा चिनिदैनन् । तर, टाइगर ३ को भूमिकाका लागि भने उनले निकै तयारी गरिरहेका छन् । यसका लागि उनी जिम जाने र नियमित व्यायाम गरिरहेका छन् । हालै इन्टग्राममा सेयर गरिएको तस्बिरमा पनि उनी जिम गरिरहेको देख्न सकिन्छ । त्यस्तै अर्को तस्विरमा आफ्नो सिक्स प्याक देखाउँदै लेखेका छन् – यो त सुरुवात मात्र हो ।
टाइगर ३ सलमान खानको सुपरहिट फ्रान्चाइज एक था टाइगरको तेस्रो संस्करण हो । यस चलचित्रमा कट्रिना कैफको पनि भूमिका रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस प्रदेशको भाषा साहित्य कला संस्कृति विभागले बोलायो बैठक
-
‘एमाले र रास्वपाबिच सहकारी र गिरिबन्धु काण्ड नउठाउने समझदारी छ’
-
अनलाइनमार्फत १६ लाख ठगेको आरोपमा ४ जना पक्राउ
-
गृहमन्त्री लामिछानेले संसद्मा दिएको अभिव्यक्ति टेलिभिजन प्रस्तोता जस्तो भयो : गगन थापा
-
प्रसिद्ध धार्मिक क्षेत्र ‘कैलाश–मानसरोवर’ अब हेलिकप्टरमा सरर...
-
संसद्मा गगनमाथि रविले उठाए प्रश्नहरू : गोप्य सूचना विदेशीलाई बेच्ने एजेन्टसम्मको आरोप