टाइगर ३ मा सलमानसँग 'भिड्न' इमरान तयार !
इमरान हासमी रोमान्टिक हिरोका रुपमा चिनिन्छन् । बलिउडमा उनले ‘सिरियल किसर’ को उपमा नै पाएका छन् । तर, त्यो समय अब गुज्रिसकेको छ । आजभोलि इमरान चलचित्रको कथावस्तुलाई ध्यान दिन थालेका छन् । उनी ठूला प्रोजेक्टको हिस्सा बन्न शुरु गरेका छन् ।
इमरान पछिल्लो समय यस्तै एउटा ठूलो प्रोजेक्टमा काम गरिरहेका छन् । जसका लागि उनले खुबै मिहिनेत पनि गरिरहेका छन् । इमरान सुपरस्टार सलमान खानको आगामी चलचित्र टाइगर ३ मा देखिँदैछन् । यसका लागि उनले शरीरमा ठूलो परिवर्तन ल्याएका छन् । उनले सामाजिक सञ्जालमा सेयर गरेको एउटा तस्बिरले निकै चर्चा बटुलिरहेको छ ।
इमरान बलिउडमा ‘फिटनेस फ्रिक’ का रुपमा चिनिदैनन् । तर, टाइगर ३ को भूमिकाका लागि भने उनले निकै तयारी गरिरहेका छन् । यसका लागि उनी जिम जाने र नियमित व्यायाम गरिरहेका छन् । हालै इन्टग्राममा सेयर गरिएको तस्बिरमा पनि उनी जिम गरिरहेको देख्न सकिन्छ । त्यस्तै अर्को तस्विरमा आफ्नो सिक्स प्याक देखाउँदै लेखेका छन् – यो त सुरुवात मात्र हो ।
टाइगर ३ सलमान खानको सुपरहिट फ्रान्चाइज एक था टाइगरको तेस्रो संस्करण हो । यस चलचित्रमा कट्रिना कैफको पनि भूमिका रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रेमीसँग मिलेर हुनेवाला पतिको हत्या आरोप
-
१ अर्ब ८७ करोडको बजेट ल्याउँदै जितपुर सिमरा उपमहानगर
-
यी बानीले तपाईंलाई बनाइरहेछ समयभन्दा पहिले बुढो
-
सरकारले शिक्षा क्षेत्रलाई अस्तव्यस्त बनाएको राष्ट्रिय सभाका सांसदहरूको आरोप
-
बालुवा प्रशोधन केन्द्रप्रति स्थानीयको आपत्ति, अनुमति प्रक्रियामाथि प्रश्न
-
मेस्सीको कीर्तिमानपछि अब नजर रोनाल्डोमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण