ओलम्पिकको स्वर्णका लागि ब्राजिल र स्पेन भिड्ने
ओलम्पिकको पुरुष फुटबलमा स्वर्ण पदका लागि स्पेनले ब्राजिलको सामना गर्ने भएको छ । स्पेनले आयोजक जापानलाई अतिरिक्त समयमा १–० ले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो । खेलमा मार्को असेन्सियोले गोल गर्दै स्पेनलाई जीत दिलाए । उता, ब्राजिलले मेक्सिकोलाई हराउँदै फाइनलमा स्थान पक्का गर्यो ।
सेमिफाइनलमा जापानले स्पेनलाई अतिरिक्तसम्म रोक्न सफल रह्यो । उत्कृष्ट रक्षात्मक खेल प्रदर्शन गरेको जापानले स्पेनलाई काउन्टरमा प्रहार गर्ने रणनीति अपनाएको थियो । अन्ततः खेलको ११६ औँ मिनेटमा असेन्सियोले गरेको एक मात्र गोल निर्णायक बन्यो ।
उता, ब्राजिलको फाइनलसम्मको यात्रा भने अझ कठिन रह्यो । १२० मिनेटसम्म पनि बराबरीमा रोकिएपछि खेल पेनाल्टीमा पुगेको थियो । पेनाल्टीमा ब्राजिल ४–१ ले विजयी बन्यो । ब्राजिल ओलम्पिकको फाइनलमा पुगेको लगातार दोस्रो पटक हो । सन् २०१६ मा ब्राजिल स्वर्ण पदक जितेको थियो ।
अब फाइनल शनिबार अगस्त ७ मा याकोहामास्थित अन्तर्राष्ट्रिय रंगशालामा हुनेछ । दुवै टोली दोस्रोपटक स्वर्णपदक जित्ने दाउमा हुनेछ । स्पेनले यसअघि सन् १९९२ मा ओलम्पिकमा स्वर्ण जितेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारद्वारा राजनीतिक दलसम्बन्धी विधेयक फिर्ता
-
अब रगतबाटै क्यान्सरको परीक्षण
-
विपक्षी दलको बैठकमा सत्तापक्षका माधव नेपाललाई पनि निम्तो
-
१ लाख ४० हजारको उच्च रेकर्डबाट ओर्लियो सुनको भाउ
-
सभामुख संसदीय मर्यादामा नबसेको कांग्रेसको निष्कर्ष
-
दलमा लागेका शिक्षकमाथिको कारबाही विवरण १५ दिनभित्रमा पेस गर्न निर्देशन