मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय

जान्हवीले सुरु गरिन् ‘मिली’

शुक्रबार, २२ साउन २०७८, १९ : ४७
शुक्रबार, २२ साउन २०७८

अभिनेत्री जान्हवी कपुर पछिल्लो समय फिल्म ‘मिली’को कारणले चर्चित छिन् । लोकप्रिय मलयालम फिल्म ‘हेलेन’को रिमेको रुपमा यो फिल्म बन्न लागेको हो । जान्हवीले मुम्बईमा फिल्मको सुटिङ समेत सुरु गरेकी छन् । फिल्मको सुटिङ उनले अगस्ट ४ बाट सुरु गरेको बताइएको छ । फिल्ममा उनी एक महत्वपूर्ण भुमिकामा देखिँदैछन् ।

आधिकारिक रुपमा निर्माण युनिटले फिल्म निर्माण घोषणा बाँकी छ । फिल्मको निर्माण जान्हवीका बुबा बोनी कपुरले जी स्टुडियोसँग मिलेर गर्न लागेका हुन् । फिल्ममा मनोज पाहवा र सनी कौशलको पनि मुख्य भूमिका रहनेछ ।

‘हेलेन’ १५ नोभेम्बर २०१९ मा रिलिज भएको सफल मलयालम फिल्म हो । फिल्मले राष्ट्रिय पुरस्कार समेत जितेको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप