शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

दाङमा थप एक जना कोरोना संक्रमितको मृत्यु

आइतबार, २४ साउन २०७८, १० : ५८
आइतबार, २४ साउन २०७८

 कोरोना विशेष अस्पताल बेलझुण्डीमा थप एक जना कोरोना संक्रमितको निधन भएको छ । कोरोना संक्रमण पछि अस्पतालमा भर्ना भएकी घोराही उपमहानगरपालिका वडा नम्वर १७ बस्ने ७९ बर्षीया एक महिलाको आज (आइतवार) बिहान सवा आठ बजे निधन भएको अस्पतालका व्यवस्थापक द्रोण वलीले जानकारी दिए ।

कोरोना संक्रमण पछि उनि साउन १५ गतेदेखि अस्पतालमा भर्ना हुनु भएकी थिइन् । अस्पतालको आईसियु कक्षमा उपचाररत उनलाई निमोनिया संगै श्वासप्रश्वासमा समस्या देखिएको थियो । अस्पतालमा अझै ६ जना आईसियु कक्षमा उपचाररत रहेको व्यवस्थापक वलीले जानकारी दिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप